ट्रेन्डीङ्ग

आईपिएलको १५औं संस्करण उपाधी गुजराज टाइटन्सलाइ

काठमाडौ।नवप्रवेशी टिम गुजरात टाइटन्सले १५औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटको उपाधि जितेको छ।

आइतबार राति अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात विजेता बनेको हो।

यसै सिजनमा डेब्यु गरेको गुजरातले पहिलो क्वालिफायरमा राजस्थानलाई नै हराउँदै फाइनलमा पुगेको थियो। दोस्रो क्वालिफायरमा बेंगलोरलाई हराउँदै फाइनलमा पुगेको राजस्थानलाई पुन: पराजित गर्दै गुराजतले १५औं संस्करणको ट्रफी आफ्नो नाममा गरेको हो।

गुजरातको घरेलु मैदानमा राजस्थानले टस जितेर ९ विकेटको क्षतिमा १३० रनको योगफल तयार पारेको थियो। १३१ रनको विजयी लक्ष्य गुजरातले १८.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

गुजरातका लागि सुभमन गिलले अविजित ४५ रन बनाए। कप्तान हार्दिक पान्ड्या ३४ रन, डेभिड मिलरले अविजित ३२ रन जोडे।राजस्थानका ट्रेन्ट बोल्ड, प्रासिद कृष्णा र युजभेन्द्र चाहलले १/१ विकेट लिए।

पहिले ब्याटिङ गरेको राजस्थानका लागि १३० रनको योगफल तयार पार्ने क्रममा जोस बट्लरले सर्वाधिक ३९ रनको योगदान गरे। यशस्भी जैसवालले २२, रियान पराग १५ र कप्तान सन्जु सामसनले १४ रन जोडे।

गुजरातका हार्दिक पान्ड्याले ३ विकेट लिए। रभीश्रीनिवासन साई किशोरले २ तथा यश दयालले १ विकेट लिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal