ट्रेन्डीङ्ग

सुनवल नगरपालिका वडा २ अध्यक्षले गरे सरकारी मोटरसाइकलको दुरुपयोग

परासी, ४ माघ। पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ का वडा अध्यक्षले सरकारी सवारीसाधनको दुरुपयोग गरेका छन।
शनिवार (विदाको दिन ) नगरपालिकाले वडा अध्यक्षको लागि सवारी सुविधा दिएको लु १ ब १९२३ नम्बरको मोटरसाईकल दुरुपयोग भएपछि स्थानीयले एक्छिन कब्जामा लिएपछी छोडेका थिए । वडा अध्यक्ष राजेन्द्र यादबले आफ्ना कार्यकर्तालाई मोटरसाईकल चलाउन दिएको स्थानीयको भनाइ छ। पटक पटक सरकारी सवारी साधनको दुरुपयोग भएपछी स्थानीयले नियन्त्रणमा लिएको स्थानीय कुन्दन बानीयाले बताए । पटक पटक बडा अध्यक्षले सरकारी साधनको दुरुपयोग गरीएकाले केही बेर नियन्त्रणमा लिएर सवारी छाडीएको स्थानीयले बताए ।
वडा अध्यक्ष राजेन्द्र यादबले भने आफ्नो घरमा रहेको सवारी चलाउने चालकलाई सामान लिनका लागि सुनवल चोक सम्म सवारी दिएको भन्दै अतिरन्जित गर्न खोजिएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal