
काठमाडौ।प्रदेश १,मधेश प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश १, मधेश प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी भूभागका एकदुई स्थानहरूमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति प्रदेश १,मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
मधेश प्रदेशका थोरै भूभागमा हल्कादेखि मध्यम वर्षाको र प्रदेश १, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन,चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
हाल देशको प्रदेश १ र मधेस प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहेको छ।प्रदेश १ र मधेश प्रदेशका एकदुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
हाल नेपालमा स्थानीय वायु,भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।