
सुनवल।सर्बाङिण कृषि सहकारी सस्था लि.ले एक कार्यक्रम बिच नवनिर्वाचीत जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएको छ।
सहकारीका अध्यक्ष खगराज उपाध्यायको अध्यक्षता तथा सुनवल नगरपालिकाकि नवनिर्वाचित नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यता बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको हो ।
नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सस्थाका अध्यक्ष उपाध्यायले खादा फुल र टिकाले सम्मान गर्नुभएको थियो।अध्यक्ष उपाध्यायले सहकारीको कार्यक्षेत्र भित्र कृषक र कृषिलाई प्राथमिकता दिदै विभिन्न सहकारी गतिविधि संचालन गर्दै आएको बताउनुभयो।साथै सो अभियानलाई सार्थकता बनाउन नगरपालिकाको साथ र सहयोगको अपेक्षा रहेको भन्दै सुखी र समृद्धि सुनवलबासि बनाउन सहकारीको महत्वोपुर्ण भुमिका हुने बताउनु भयो।
नवनिर्वाचित नगरप्रमुख अर्यालले अर्थनीतिका प्रमुख खम्बाहरु अन्तर्गत सहकारी एक खम्बा भएकोले सहकारीमैत्री नीति अनुरुप बिकासका गतिबिधिहरु लाई अगाडि बढाउने बताउनुभयो। आफुहरु निर्वाचनमा जनताको मत संगै मनको पनि प्रतिनिधित्व गर्ने बाचा गरे अनुरुपनै समग्र सुनवलको बिकास गर्ने बताउनुभयो।
त्यस्तै वडा नम्बर १ का वडा अध्यक्ष मनबहादुर थाप र वडा नम्बर ६ वडा अध्यक्ष हिमलाल शर्माले कृषि बिकासको लागि आवश्यक सहयोग र पहल गर्ने बताउनु भयो।सस्थाका सल्लाहकार जित बहादुर पौडेल,उपाध्यक्ष रुद्रनाथ लामिछाने लगायतले मन्तव्य राख्नुभएको सस्थाका सचीव कृष्ण अर्यालले जानकारी दिनुभयो।
सस्थामा १२ सय ५० महिला र पुरुष १ हजार २३ गरि २२ सय ७३ जना शेयर सदस्यहरु रहेको ब्यवस्थापक सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।