ट्रेन्डीङ्ग

सामी परियोजना सङ्ग सदैव सहकार्य रहनेछ:वडा अध्यक्ष बिरबल चौधरी

सुनवल।सुनवल ९ स्वाठी वडा कार्यलय परिसरमा आयोजित बित्तीय साक्षरता र मनोसमाजिक परामर्शकक्षा समापन कार्यक्रममा सोही वडाका नवनिर्वाचित वडा अध्यक्ष बिरबल चौधरीले बैदेशिक रोजगारीका सम्बन्धमा सदा सामी परियोजना सङ्ग सहकार्य गरि विधमान समस्यालाई न्युनिकरण गर्न पहल र कार्यक्रमको निर्माण गर्ने बताउनु भएको छ।

वडाका बैदेशिक रोजगारीमा रहेका पुरुषका श्रीमती सम्मिलित भई ६ महिना देखि २४ सत्रमा संचालित भएको उक्त कक्षाको समापन समारोहमा वडा सदस्य उज्जवल कुवरले सामी परियोजना सुनवल नपाको सहकार्यमा संचालित भई सीप,सुचना,वित्तीय,मनोपरामर्श र न्यायमा पहुँचका लागि कार्य गर्दै आएकोमा परियोजना प्रति हार्दिक आभार व्यक्त गर्दै आफ्नो वडामा बैदेशिक रोजगारीको सवालमा सदैव सामी परियोजना सङ्ग सल्लाह र सहकार्य गर्दै काम गर्ने र हाल समापन भएको कक्षाका सहभागीहरुले जनप्रतिनिधिहरुलाई आफ्नो अभिभावक जस्तै सम्झि आवश्यक तालिम र स्वरोजगार बन्न सक्ने योजना बनाई वडालाई झकझकाउनु पर्ने बताउनु भयो ।

२०७८ मसिर महिना देखि संचालित उक्त कक्षामा रेमिटान्सबाट आउने वित्तीयको सहि सदुपयोग,बिमाको महत्त्व,विपन्नताबाट सम्पन्नता तर्फ लम्कन आप्रबाशीका परिवारले गर्नुपर्ने कामहरू,बैदेशिक रोजगारीका फाइदा र बेफाइदा,सहि वित्तीय संस्थाको पहिचान,एक अभिभावक परदेश हुदाअर्को अभिभावक प्रति बालबच्चालाई पालनपोषणमा पर्ने जिम्मेवारी र समग्र बैदेशिक रोजगारीका विभिन्न पाटामा छलफल सहित अध्यन भएको प्रशिक्षक एवं सामी परियोजनाकी वित्तीय सहजकर्ता सबिता अर्यालले जानकारी दिनुभयो।

बैदेशिक रोजगारीले परिवारमा ल्याउने तनाब,डिप्रेशन र लान्छना जस्ता विषयलाई न्युनिकरण गर्न सुनवल नगरपालिकामा मनोपरामर्शकर्ताले खेलेको भुमिका र के कस्ता समस्याहरु अधिकछन र आत्मबल बढाउन के गर्ने जस्ता विषयमा सामी परियोजनाकी मनोपरामर्शकर्ता खेम कुमारी(गिता)घिमिरेले जानकारी दिनुभएको थियोे ।

सामी परियोजनाले गर्ने कार्यको वर्णन गर्दै उक्त समापन समारोहको कार्यक्रम सामीका रिट्रनि स्वयमसेवक पुरन अधिकारीले संचालन गर्नुभएको थियोे भने तालिम पश्च्यात आफुमा आएका परिवर्तनका बारेमा सहभागी महिलाहरु गुन्जेश्वरी चौधरी ,निशा कुवर र कमला चौधरीले अवगत गराउनु भएको थियो ।कक्षा औपचारीकरूपमा समापन भएता पनि अबको ६ महिना सम्म उनिहरुको जिवनशैलिमा आउने परिवर्तन र स्बलम्बनका बारेमा नगरपालिका र सामी परियोजनाबाट अनुगमन गरिने प्रशिक्षक अर्यालले जानकारी गराउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?