ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)बाणिज्य क्याम्पसको अध्यक्षमा प्रसुन ज्ञवाली

बुटवल।नेकपा निकट अखिल (क्रान्तिकारी)को वाणिज्य क्याम्पसको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले प्रसुन ज्ञवालीको अध्यक्षतामा २५ सदस्यीय क्याम्पस कमिटी गठन गरेको छ।

सम्मेलनलाई सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघका केन्द्रिय महासचिव श्याम सेन्चुरीले इतिहासको कालखण्डमा विधार्थी आन्दोलनहरु सहि दृष्टिकोण नभएका कारण विभाजित भएको बताए । उनले अहिले नेपालको शिक्षा प्रणाली पँजीवादको रक्षा गर्ने शिक्षा प्रणाली भएको र यसलाई खारेज गरेर गरीखाने वर्गको सेवागर्ने शिक्षा अहिलेको आवश्यकता रहेको बताए ।उनले पार्टीबाट अलग भएका (बहुमत) पार्टीका नाममा कतिपय ब्यक्तिहरु भ्रम छर्न आउनेछन् यसबाट भ्रमित नहुन र सचेत बन्न समेत आग्रह गरे।

नेकपाका बुटवल नगर इन्चार्ज बिरेन्द्र बि.क.ले राजनिती र शिक्षा अलग ढङ्गले विश्लेषण भएको बताउदै विधार्थीहरु अनिवार्य राजनितीमा जानकार हुनुपर्ने बताए।अखिल क्रान्तिकारीले कुनै पनि राष्ट्रघात र जनघातका लागि सम्झौता नगरेको र आभारभुत तहभन्दा माथिको शिक्षा ब्यवहा्िरक हुनुपर्ने,क्षमता अनुसारको पढ्न पाउने ग्यारेन्टी राज्यले गर्नुपर्छ भनेर ओकालत गर्ने संगठन अखिल क्रान्तिकारी रहेको बताए । उनले वैज्ञानिक शिक्षा लागुगर्नको लागि वैज्ञानिक समाजवादको आवश्यकता रहेको पनि बताए ।

अखिल (क्रान्तिकारी)का केन्द्रिय सचिवालय सदस्य विज्ञानले क्रान्ति भनेको परिवर्तन रुपान्तरण भएको बताए । उनले खाक्रो राष्ट्रवाद नचाहिएको र राष्ट्रघाघात गर्नेहरुलाई काउन्टर गरेर युवा विधार्थिहरुले देशको नेतृत्व गर्ने यात्रामा लामवद्व हुनुपर्ने बताए । उनले विधार्थीसँग भएको हतियार कलमलाई सहि ठाँउमा प्रयोग गर्न र शैक्षिक क्षेत्र सुधारका लागी सबै एकजुट हुन आग्रह गरे उनले अहिलेको समयमा (बहुमत)का नाममा थुप्रै ठाउँहरुमा भ्रामक हल्ला र प्रचारहरु भएको र त्यस्ता भ्रममा नपर्न अनुरोध गरे ।

 

अखिल (क्रान्तिकारी)वाणिज्य क्याम्पस ईन्चार्ज नयन अर्यालले वाणिज्य क्याम्पसमा मात्र नभएर शैक्षिक क्षेत्र सुधारका लागि रुपन्देही जिल्ला भरि नै लाग्नुपर्ने बताए । कार्यक्रम प्रमिसा क्षेत्रीको स्वागत मनतब्य मनोज न्यौपानेको अध्यक्षता र प्रसुन ज्ञवालीको सञ्चालनमा भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?