ट्रेन्डीङ्ग

व्यक्तिगत स्वार्थ र लाभका लोभले संसद विघटन गरे -कांग्रेस नेता भण्डारी

जीवन न्यौपाने
माघ ३, नवलपरासी ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र भण्डारीले आफु ससद विघटनको पक्षमा रहेको बताउनुभएको छ ।
नेपाली काँग्रेस सुनवल नगर कार्यसमिति पश्चिम नवलपरासीले संसद् विघटनको विरुद्ध आयोजना गरेको विरोध सभामा बोल्दै नेता भण्डारीले सो कुरा बताउनु भएको हो ।
नेकपा सरकारले गरेको संसद् विघटन असंवैधानिक भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले शनिबार प्रतिनिधिसभा विघटनविरुद्ध देशभरका ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शन भैरहदा नेता भण्डारीले भने पश्चिम नवलपरासीको विरोध सभालाई सम्बोधन गर्न पुग्नुभएको थियो ।
विरोध सभालाई सम्बोधन गर्दै ‘सर्वोच्चले चुनावको व्यवस्था गरोस्, कम्युनिस्टलाई सधैंलाई बिदा गर्छौ’उहाँले भन्नुभयो,’बाकी २ वर्ष अझै कम्युनिस्टलाई सरकार चलाउन दिने हो भने मुलुक रहदैन’ ।
कम्युनिस्टहरु न बिकास चाहन्छन न आफुहरु नै मिलेर बस्न सक्छन, उहाँले थप्नुभयो ‘५ वर्ष सम्म पनि सरकार चलाउन नसकेर ३ वर्षमै ससद विघटनको स्थितिमा पुग्ने नेकपा पार्टीलाई अब जनताले कहिले पनि जिताउने छैनन् ।’

जनताले दुख पाउदा कतै नदेखिने नेकपाका (प्रचण्ड-नेपाल) समुह अहिले व्यक्तिगत स्वार्थ र लाभका लोभले सडकमा बसेर हामी यहाँ छौ’भनेर देखिनु आफुलाई गज्जब लागेको बताउदै भण्डारीले जनताले औषधि उपचार नपाएको बेलामा पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिलाई सर्प पाल्नकै लागी सरकारले ७२ करोड रुपैयाँ दिने प्रसङ्ग निकाल्दै ‘अब कम्युनिस्टहरुलाई भोट जनताले हैन तिनै सर्पले दिन्छ’ उहाँले भन्नुभयो ।

नेपाली काँग्रेस सुनवल नगर पार्टी कार्यालयबाट सुरु भएको विरोध र्याली सुनवल चोकमा पुगी कोणसभामा परिणत भएको थियो । विरोध सभामा काँग्रेसका भातृ सगठन तरुण दल, नेपाल विद्यार्थी सघ, ट्रेड युनियन र नेपाल महिला सघको समेत सहभागीता थियो ।
विरोध सभामा नेपाली काङ्ग्रेस जिल्ला सभापति बिष्णु पौडेल, उपसभापति अर्जुन कुमार पोखरेल र जिल्ला सदस्य रुद्रकुमारी कण्डेल र नेपाली काँग्रेसका महासमिति सदस्य एवं सुनवल नगरप्रमुख भिम बहादुर थापा क्षेत्रीले समेत सम्बोधन गर्नुभएको थियो ।
नेपाली काँग्रेस सुनवल नगर कार्यसमितिका सभापति सोमबहादुर रायमाझीको अध्यक्षतामा रहेको विरोध कार्यक्रमको सञ्चालन काँग्रेस नगर कार्यसमितिका सचिव जयराम बस्यालले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?