निर्वाचन जस्तो हुनुपर्थ्यो,त्यस्तो भएन:ओलि

English English Nepali Nepali

काठमाडौ।स्थानीय तहको निर्वाचन आफूले अपेक्षा गरेजस्तो नभएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्। उनले यस्तो विषमपरिस्थितमा पनि एमालेका परिणाम ल्याउने एमालेका नेता र कार्यकर्तालाई धन्यवाद दिएका छन्।

उनले एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिलाई मात्र धन्यवाद दिएका छन्। उनले भने,‘हामी शक्तिसँग झुक्दैनौँ। हामी सत्यका लागि लड्छौ’ उनले आज प्रतिनिधि सभामा नेपालको परराष्ट्र नीतिका बारेमा पनि बोलेका थिए।

उनले भने,‘सरकारलाई राष्ट्रियता, अखण्डताबारे चासै छैन’ ओलीले सरकारलाई गठबन्धनको मात्र चासो नभएको आरोप लगाए। ओली गठबन्धन उल्टो बाटो हिँडेको आरोप लगाए।‘छिमेकी मुलुकसँगको परराष्ट्र मामिलामा सरकारले क्षमता प्रदर्शन गर्न सकेको छैन।’

उनले आफूले देशभित्रका भूभागमा जाँदासमेत इजाजत लिएको तर विदेशी व्यक्ति आउँदा इजाजत लिएको आरोप लिए। उनले भने,‘कति प्यारो तपाइँहरूलाई गठबन्धन। कहिकतैको विदेशमन्त्री। विदेशमन्त्री होइन सहायकमन्त्री आउँदा थुरथुर, भइहाल्ने।’ नेपालको परराष्ट्र सरकार गठबन्धन सरकारको निजी स्वार्थ होइन भनेर सत्ताप्रति ओलीले औला ठड्याएका छन्। उनले भने,‘ नेपाल एक चीन नीतिमा छ कि छैन?’ उनले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति प्रश्न ठड्याए।

उनले वर्तमान सरकारले मूल्य वृद्धि गरेको, मौद्रिक तरलता निम्त्याएको, अर्थतन्त्रका समाधान गर्न कुनै योजना नल्याएको ओलीले आरोप लगाएका छन्। ‘धेरै कुरा भन्न समय पनि छैन, १५/१५ दिनमा समायोजन गर्नुपर्ने मूल्यलाई हप्तामा दुईचोटी मूल्यवृद्धि गरिन्छ’ उनले भने,‘भोट नहाल्ञ्जेल केही नगर्ने, भोट हालेपछि मूल्यवृद्धिको डण्डा चलाउने गरेको छ।’

ओलीले सरकारले मूल्यवृद्धिमा पनि कीर्तिमान कायम गरेको बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal