ट्रेन्डीङ्ग

विनायक दुर्घटनाका घाइतेहरुको उपचारको व्यवस्था गर्न स्थानीय सरकारसङ्ग माग

अछाम।अछामको पञ्च्देवल बिनायक नगरपालिकाको वडा न ४ मा भयको गाडी दुर्घटनामा परि घाइते हुनु भयका व्यक्तिको यथाशीघ्र उपचारको व्यवस्था गर्न नेपाल कम्युनिस्ट पार्टी अछामले माग गरेको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीका जिल्ला सचिव मिना धामी सरिताले घाइतेहरूको उपचार गर्न स्थानीय सरकारलाई माग गर्दै ज्यान गुमाउनु हुने धमला दाजु भाईहरु प्रती श्रद्धाञ्जली क्यक्त गर्नु भएको हो। आफ्ना बुवाको मृत्यु भएको सम्झनामा पुत्लादहन गर्दै परम्परागत रुपमा दास संस्कार गर्ने उद्देश्यले पञ्चदेवल बजारदेखि वेल्खेत तिर जाँदै गर्दा ट्राक्टर दुर्घटना हुदा दुई जनाको मृत्यु र १५ जना घाइते भएका हुन।

हाल घाइतेहरूको प्रारम्भिक उपचार जिल्ला अस्पताल मङ्गलसेनमा भैरहेको कुरा जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?