
बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले जिल्लाका तिन जिल्ला सदस्यहरु सन्तोष सुवेदी,इन्दु वली र पारस राहादी मगरले पार्टी नीति, पद्धति र अनुशासन विपरीत क्रियाकलापमा संलग्न भएको र संगठनभित्र गुटबन्दी गर्ने प्रयास गरेको भन्दै पार्टी मोर्चाको जिम्मेवारीमा नरहेको जानकारी गरेको छ ।
जिल्ला सेक्रेटरी विश्वाशले विज्ञप्ति जारी गर्दै भनेका छन् । “हाम्रो पार्टी सम्बद्व जबस मोर्चामा क्रियाशील सन्तोष सुवेदी, इन्दु वली र पारस राहादीमा गम्भीर राजनीतिक एबं वैचारिक विचलन देखा परेको, पार्टी नीति, पद्धति र अनुशासन विपरीत क्रियाकलापमा संलग्न भएको र संगठनभित्र गुटबन्दी गर्ने प्रयास गरेकोले पार्टी एबं जबस मोर्चाको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको सबैमा जानकारी गराइन्छ ।
जिल्लामा पार्टी नीति विपरीत गरिएका कुनै पनि क्रियाकलापको भ्रममा नपर्न क्रान्तिकारी कमरेडहरू एवं सम्पूर्ण जनसमुदायमा अपिल गर्दछौं ।” विज्ञप्ति: