ट्रेन्डीङ्ग

१०९ क्विन्टल अवैध चिनी बरामद

बर्दघाट।पश्चिम नवलपरासी जिल्लाकाे बर्दघाट नगरपालिका-१३ धनेवा ईलाकाबाट ट्रक सहित अबैध चिनि बरामद भएकाे छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण मातहत रहेकाे सुरक्षा वेश सेमरीका सप्रनि नरेश कुमार खड्का र नेपाल प्रहरी सहितको संयुक्त रुपमा गस्तीमा खटिएको टोलिले सोही ईलाकाको गोदाम अगाडी चिनी लोड गरिरहेको लु१ख ९७६२ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा शंकास्पद लागेको हुँदा उक्त सवारी साधन,चालक र बिल बिजक नभएको १०९ क्वीन्टल चिनी नियन्त्रणमा लिएकाे हाे।आवश्यक कारवाहीका लागि थप अनुसन्धानको लागि राजश्व एवं अनुसन्धान कार्यालय बुटवलमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका सुचना अधिकारी माधव रेग्मीले जानकारी दिनु भयाे।

उक्त ट्रक र चिनी सहितको मुल्य करिब १७ लाख ६३ हजार बराबर रहेकाे सुचना अधिकारी रेग्मीले बताउनु भयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal