ट्रेन्डीङ्ग

पन्चनगर खानेपानिद्वारा नयाँ डिप बोरिङको शुभारम्भ

बर्दघाट। बर्दघाट १० मा रहेको पन्चनगर खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाले आज एक कार्यक्रमका बीच नयाँ डिप बोरिङको शुभारम्भ गरेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय रुपन्देहीको सहयोगमा नयाँ  डिप बोरिङको शुभारम्भ गरिएको व्यवस्थापक नारायण गिरिले जानकारी दिनु भयो ।

डिप बोरिङका लागी जग्गा स्थानीय सुर्य प्रकाश अधिकारिले निशुल्क उपलब्ध गराउनु भएको अध्यक्ष यम बहादुर क्षेत्रीले जानकारी दिनु भयो । क्षेत्रीका अनुसार स्थानीयहरुको निकै सहयोग रहेको बताउदै उहाले साबिक पन्चनगर क्षेत्रमा रहेका हरेक घर घुरिलाई स्वच्छ खानेपानी उपलब्ध गराउने दीर्घकालीन योजनाका साथ अहिलेको कार्यसमिति अघि बढेको बताउनु भयो ।

हाल २ हजार १ सय ५६ घर धुरीमा खानेपानी सप्लाइ गरिरहेको पन्चनगर खानेपानीको स्थानीय स्तरमा निकै माग बढेकोले तत्कालै नंया डिप बोरिङको काम सुरुवात गरिएको क्षेत्रीले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal