
परासी।पाल्हिनन्दन गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काग्रेंसका उम्मेदवार विजयी भएको छन।पालिका अध्यक्षमा माओवादीका बैजु प्रसाद गुप्ता(दिपक) र कांग्रेसकि फातिमा खातुन अन्सारी निर्वाचित भएका हुन !
गाउपालिका अध्यक्षमा माओवादी केन्द्रका दिपक दोस्रोपटक अध्यक्ष पदमा निर्वाचित भएका हुन् । गुप्ताले निकतम प्रतिद्वन्द्वी नेपाली काग्रेंसका राजेन्द्र कुमार सहानी केवटलाई ८६ मतले पछि पार्दै निर्वाचित हुनुभएको हो।
निर्वाचित गुप्ताले ४ हजार ३ सय ८१ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्धन्दी केवटले ४ हजार २ सय ९५ मत प्राप्त गर्नुभएको छ।
माओवादीकि उम्मेदवार पवित्रा कोहारलाई पराजित गर्दै कांग्रेसकि फातिमा खातुन अन्सार निर्वाचित भएकी छन।पराजीत कोहारले ३ हजार १ सय ८५ मत प्राप्त गर्नुभएको छ भने निर्वाचित अन्सारीले ३ हजार ६ सय ९८ मत प्राप्त गर्नुभएको छ ।
निवर्तमानमा गाउँपालिका उपाध्यक्षमा पवित्रा कोहार नेपाली कांग्रेस टिकट नदिएर माओवादी बनेको तर्फबाट उपाध्यक्ष उम्मेदवारी दिनुभएको थियो।