बर्दघाटको मेयरमा कांग्रेसका श्रेष्ठ र उपमेयरमा माओवादीका रुद्रप्रकाश निर्वाचित

English English Nepali Nepali

बर्दघाट ।बर्दघाट नगरपालिकाको मेयरमा कांग्रेसका सम्भुलाल श्रेष्ठ र उपमेयरमा माओवादीका रुद्र प्रकाश उपाध्याय निर्वाचित भएका छन।

यस पालिकामा नेपाली काग्रेंसले र नेकपा माओवादीका साथै एमाले र जनमुक्ति बिच गठबन्धन भएको थियोे ।

एमालेले यस अघि निर्वाचन धिरज शर्मा बस्याललाई मेयर पदमा दोहोर्‍याएको थियो।भने उपमेयरमा जनमुक्तिबाट  तारा राना मगरलाई उम्मेदवारी बनाएको थियो ।

निवर्तमान मेयर बस्याल नेपाली काग्रेंसका श्रेष्ठसँग ५ हजार २ सय ७१ मत अन्तरले पराजित भएका हुन।बस्यालले १३ हजार २ सय १८ मत ल्याउँदा निर्वाचित मेयर पदका उमेदवार श्रेष्ठले १८ हजार ४ सय ८९ मत ल्याएर विजयी भएका हुन् ।

उपमेयरमा भने नेकपा माओवादीका रुद्र प्रकाश उपाध्याय विजयी हुनुभएको छ ।अधिकारीले जनमुक्तिकि तारा राना मगरलाई ७ सय ६८ मतअन्तरले पराजित गर्दै उपमेयरमा विजयी हुनुभएको हो । निर्वाचित उपाध्यायको १४ हजार ५ सय ९५ मत छ।भने राना मगरले १३ हजार ८ सय २७ मत प्राप्त गर्नुभएको छ । बर्दघाटमा यश अधि एमालेले नगरप्रमुख उपप्रमुखमा जितेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal