सुनवलमा प्रमुखमा एमालेका अर्याल र उपप्रमुखमा दुवे विजयी

English English Nepali Nepali

सुनवल।सुनवल नगरपालिकामा नेकपा एमालेका उम्मेदवार बिमला अर्याल नगरप्रमुख र उपप्रमुख सुर्य दुवे विजयी भएका छन् ।माओवादी कांग्रेसको गठवन्धनलाई पराजित गर्दै एमालेका उम्मेद्बार विजय भएका हुन्।

निर्वाचित अर्यालले आफ्ना प्रतिद्वन्द्वी रहेका गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका अर्जुनकुमार पोखरेललाई ३ हजार २ सय १८ मतान्तरले पराजित गरेकि हुन् ।

बिमला अर्यालले १४ हजार ८ सय ३८ प्राप्त गर्दा पोखरेलले ११ हजार ६सय २० मात्र मत प्राप्त गरे ।

त्यस्तै उपप्रमुखमा दुवेले माओवादीका लेखनाथ खरेललाई ४९०८ मतान्तरले पराजित गरेका हुन्।निर्वाचित दुवेले १३ हजार ७ सय ९८ प्राप्त गर्दा खरेलले भने ८ हजार ८ सय ९० मत प्राप्त गरेका थिए ।

सुनवलमा यस अघिको निर्वाचनमा नगरप्रमुख कांग्रेस र उपप्रमुख पदमा एमालेका उम्मेदवार विजयी भएका थिए।सुनवलमा ४६ हजार ३ सय १ मतदाता मध्य ३४ हजार ४ सय १४ मत खसेको थियो ।

१३ वडा रहेको सुनवलका ७ वडा एमाले, ५ वडा नेपाली कांग्रेस र १ वडा माओवादी केन्द्रले जितेको छ। विजयी हुनेमा वडाध्यक्षमा वडा नं. १ मा मानबहादुर थापा, वडा नं. २ मा राजेन्द्र यादव, वडा नं. ३ मा पविन गुरुङ, वडा नं. ४ मा बालकृष्ण पंगेनी र वडा नं. ५ मा नेत्रलाल शर्मा छन्। वडा नं. ६ मा हिमलाल शर्मा, वडा नं. ७ मा नारायणप्रसाद आचार्य, वडा नं. ८ मा देउबहादुर गुरुङ, वडा नं. ९ मा बिरबल चौधरी र वडा नं. १० मा दिलबहादुर थापा विजयी भएका छन्। त्यस्तै वडा नं. ११ मा कमलप्रसाद चुवाई, वडा नं. १२ मा चुडामणि पौडेल र वडा नं. १३ मा कृष्णप्रसाद वगाले वडाअध्यक्षमा विजयी भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal