ट्रेन्डीङ्ग

चुनाव जितेर प्रधानमन्त्री बन्न प्रचन्डलाई उर्जा मन्त्रि रायमाझीको चुनौति

अनिल नेपाली
अर्घाखाँची ३ माघ
नेकपा अर्घाखाँचीले आज जिल्लामा शक्ति प्रदशन गरेको छ । नेकपा जिल्ला कमिटी अर्घाखाँचीको आयोजनामा सन्धिखर्कको टुडिखेलमा भएको बृहत कार्यकता भेला मार्फत शक्ति प्रदशन गरेको हो । हजारौ सगठित कार्यकता जिल्लामा उतारी आफनो शक्ति बलियो रहेको देखाएको छ ।
ऊर्जा मन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले एकीकृत भएको नेपाल कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल र माधव नेपालले पद लुप्ताले विभाजनको संघारमा पुगेको आरोप लगाए । आफैंनै पार्टीका अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई अश्विासको प्रस्ताव ल्याई सडकमा पु¥याउन्छु भन्दा दाहाल–नेपाल आफैं सडकमा पुगेको उनले दाबी गरे ।
नेकपा ओली पक्षीय जिल्ला भेलालाई शनिबार सन्धिखर्कमा सम्बोधन गर्दै मन्त्री रायमाझीले दाहाल प्रधानमन्त्री, माधव नेपाल पार्टी अध्यक्ष र झलनाथ खनाल राष्ट्रपति कसरी हुने भन्ने बाहेक पार्टी र जनता प्रति कहिल्यै नसोचेको जिकिर गरे ।
निर्वाचानमा गए जनताले नप्रत्याउने भन्दै दाहाल नेपाल अहिले सडकमा हामी यहाँ छौ भन्दै रोइलो गर्नुपरेको बताए ।‘सरकारलाई सफल पार्ने, देशलाई समृद्धितर्फ लैजाने पार्टी एकता बजमुत बनाउने चिन्ता कहिल्यै भएन,’ उनले भने, ‘खालीँ ओलीलाई अपदस्थ गरेर प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने लोभ मात्र ३ वर्ष वितेको बताए । वैशाखमा हुने चुनाव जितेर प्रधानमन्त्री बन्न दाहाललाई रायमाझीले चुनौती दिए ।
लुम्विनी प्रदेशका मुख्य मन्त्रि शंकर प्रोखरेल पुष्पकमल दाहाल र माधव नेपालले सुर्य पनि नपाउने,नेकपा पनि नपाउने दावी गरे । पार्टी भित्र बहुमत केन्द्रिय सदस्य आफनो पक्षमा रहेको भन्दै प्रचन्ड नेकपाको द्रोस्रो अध्यक्ष अहिले पनि रहेको जिकिर गरे ।
प्रचन्डको ढाडमा टेकेर टाउको हान्ने रणनीति अनुसार माधवको ढाड टेकेर पार्टी अध्यक्ष वलिको टाउको हान्दा खोज्दा सडकमा जानु परेको बताए । सरकार गठन हुनु देखी नै प्रचन्ड,माधव पार्टी अध्यक्षलाई कमजोर बनाउन तानावाना बुनी अन्तिम विकल्पको रुपमा काग्रेसको केहि समुह संग मिलेर अश्विासको प्रस्ताव दर्ता गर्न खोज्दा,प्रधानमन्त्रिले जनतामा जाने निर्णय गर्नुपरेको स्पष्ट्र पारे ।
पाँच वर्ष सम्म रहने प्रतिनिधी सभा ३ वर्षमा विघटन गर्नु परेको भन्दै प्रतिनिधी सभा विघटनले परिवर्तनका एजेन्डा गणतन्त्र सघियता केहि नगुम्ने बताए । चुनाव रोक्न निर्वाचन कार्यालय धाउने प्रचन्ड,माधवलाई निर्वाचनमा विश्वास नभएको बताउँदै जनताले मत नआउने स्थिती आंकलन गरेर जनता भन्दा सडक प्यारो लागेको टिप्पणी गरे । अभियोग पत्र फिर्ता र निर्वाचनमा जाने सहमति गरे प्रचन्ड,नेपाल संग सहकार्य गर्न सकिने उहाँको भनाई रहेको छ । संसद पुनस्थापना नहुदै भन्दै निर्वाचनको तयारीमा लाग्न कार्याकतलाई निर्देशन दिए ।
नेपाल सरकार खानेपानी तथा सरसफाई मन्त्रि तथा नेकपामा स्थायी कमिटी सदस्य मणि थापाले प्रचन्ड सरकार भन्दा बाहिर बस्न नसक्ने व्यक्ति भएका कारण नेकपा फुटको संघारमा पुगेको बताए ।
प्रचन्ड निर्माण भन्दा विघटन गर्न सिपालु रहेको भन्दै सग्लो रहेको.माओवादी विघटन गरि बलियो रहेको एमालेलाई समेत विघटन गर्न सफल भएको बताए । आफुहरुलाई प्रचन्डले जहिले पनि छलाङ्ग मार्नुपछ भन्दै आएको स्मरण गदै अहिले पुर्व एमाले भित्रको अन्तर विरोधमा खेलेर नेकपा तहसनहस पारी छलाङ्गमारेको व्यङ्ग गरे ।
नेकपा जिल्ला कमिटीका अध्यक्ष चेतनारायाण आचार्यको अध्यक्षता,लुम्विनी प्रदेश सदस्य विधान रायमाझाको सञ्चालन र जिल्ला कार्यालय सदस्य पिताम्वर भुसालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal