ट्रेन्डीङ्ग

रामग्राम नपा प्रमुखमा एमालेका धनपत र उपप्रमुखमा राप्रपाकि सम्झना निर्वाचित

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर जितेको छ । यो नगरपालिकामा यसअघि कांग्रेसले मेयर र उपमेयर जितेको थियो ।

मेयर पदमा अहिलेकै उमेदवार नरेन्द्रकुमार गुप्ताले दोहोर्‍याएका थिए । उपमेयरमा भने कांग्रेसले नयाँ अनुहारलाई उमेदवार उठाएको थियो । निवर्तमान मेयर गुप्ता नेकपा एमालेका धनपद यादवसँग १५ सय ३८ मत अन्तरले पराजित भएका हुन् ।

गुप्ताले ६१ सय ९१ मत ल्याउँदा निर्वाचित मेयर पदका उमेदवार यादवले ७७ सय २९ मत ल्याएर विजयी भएका हुन् ।

उपमेयरमा राप्रपाकी सम्झना चौधरी विजयी भएकी छन् । चौधरीले एमालेकी लक्ष्मी क्षेत्रीलाई ८५ मत अत्तरले पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन् ।

निर्वाचित चौधरीको ६४ सय ७१ र क्षेत्रीको ६३ सय ८६ मत छ । कांग्रेसकी उपमेयरकी उमेदवार आराधना भट्टले ५३ सय ४१ मत ल्याएर तेस्रो भएकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal