ट्रेन्डीङ्ग

बुटवलमा वेपत्ता योद्धा स्मृति दिवस कार्यक्रम सम्पन्न

बुटवल।अखिल नेपाल जनसांस्कृतिक महासंघ रूपन्देहीले बेपत्ता योद्वा स्मृति दिवस तथा नियमित मासिक शृङ्खला सिर्जना चौतारीको तेस्रो शृखला कार्यक्रम रूपन्देहीको शंकनगर स्थित वनवाटिकामा सम्पन्न गरेको छ ।

सिर्जना चौतारी कार्यक्रमा १० जना स्रष्टाहरूले कविता,गीत मुक्तकलगायतका सिर्जनाहरु प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा रूपन्देही जिल्ला ईन्चार्ज कृतिले वैज्ञानिक समाजवाद नआउञ्जेल बेपत्ता योद्वा तथा सहिदहरूको सपना पुरा नहुने र सहिद तथा बेपत्ताका अधुरा सपनाहरु दलाल राज्यसत्ताबाट संभव नभएको र एकिकृत जनक्रान्तिबाट मात्रै सम्भव हुने बताए।उनले सहिद तथा बेपत्ताका सपना पुरा गर्नको लागि हरेक खालका यातना खेप्न तयार रहेको बताउँदै निरन्तर अधुरा सपनाहरू पुरा गर्ने यात्रामा निरन्तर नेपाल कम्युनिस्ट पार्टी रहेको बताए।उनले सिर्जना चौतारीलाई अझै फराकिलो बनाउनुपर्ने र जनताको दलाल पुँजीवादी संस्कृति र उपभोक्तावादी संस्कृतिको विरुद्ध एकाकार भएर सृजना चौतारी मार्फत अगाडि बढ्नु पर्ने बताए।
राष्ट्रिय थारू मुक्तिमोर्चा नेपालका केन्द्रिय महासचिव नविन थारुले कला र साहित्य र सिर्जना मार्फत समाज परिर्वतन गर्नुपर्ने र जनताले बुझ्ने र उनिहरुलाई परिर्वतनको दिशामा अगाडी बढाउनुपर्ने बताए ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रिय महासचिव श्याम सेन्चुरीले सिर्जना चौतारीेले वर्गिय पक्षधरताको आधारमा कार्यक्रमलाई अगाडी बढाउनुपर्ने बताउँदै दर्शन विचार अनुरुप यत्रतत्र समाजमा छरिएर रहेका सिर्जनाहरुलाई गोलबन्ध गर्नुपर्ने बताए ।

सहिद परिवार संगठन नेपालका केन्द्रिय सचिव जया पौडेलले बेपत्ता योद्वाहरु सार्वजनिक गर्ने दाहित्व राज्यको भएको तर राज्य मौन रहेको बताईन् । उनले सहिद तथा बेपत्ता योद्वाहरुको सपना अलपत्रै पारेर कतिपय पार्टी र नेताहरु भागेपनि नेपाल कम्युनिस्ट पार्टी बेपत्ता तथा सहिदका सपना पुरागर्ने यात्रामा रहेको भन्दै खुसि समेत प्रकट गरिन् ।

कार्यक्रममा घरवहाल सरोकार संघका केन्द्रिय अध्यक्ष शंकर कोईराला,श्रमिक समुदाय नेपालका केन्द्रिय कोषाध्यक्ष जानकी बराह,अखिल नेपाल जनसांस्कृतिक महासंघका लुम्विनि प्रदेश सदस्य रुपसिंह बि.क लगायतका वक्ताहरुले बोलेका थिए ।
कार्यक्रममा रुप सिंह बि.क.,प्रविण न्यौपाने, निशा थापा,बिहानी मगर, बबिता रजाली,पदम पराजुली,विष्णु सुनार,पुर्णिमा मगर,ललिता कोईराला अञ्जलि थारु,अञ्जली नेपाली लगायतले कविता मुक्तक लगायतका सिर्जना प्रस्तुत गरेका थिए ।
संङ्ग्रामी सांस्कृतिक परिवारका कलाकारहरुले अन्तर्राष्ट्रिय गीत प्रस्तुत गरेका थिए । संङ्ग्रामी सांस्कृतिक परिवारका सेक्सन कमाण्डर प्रमिसा क्षेत्रीको सञ्चालनमा भएको कार्यक्रमको अध्यक्षता अखिल नेपाल जनसांस्कृतिक महासंघ रूपन्देही जिल्ला अध्यक्ष बिहानी मगरले गरेकी थिएन् । सिर्जना चौतारी हरेक महिनाको पहिलो शनिवार नियमित शृङ्खलाको रुपमा सञ्चालन हुने र अबको चौथो शृङ्खला असार ४ गते शनिवार हुने महासंघका अध्यक्ष बिहानी मगरले बताईन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal