
सुनवल।नेकपा एमालेको आफ्नो लालकिल्ला दावी गर्ने सुनवल नगरपालिकाको वडा नं. ७ मा नेकपा माओवादी केन्द्रले विजयको झण्डा गाडेको छ । १००१ मत प्राप्त गरि माओवादी केन्द्रका उम्मेदवार नारायण आचार्यले एमालेको किल्ला भत्काएका हुन् ।
उनका निकट प्रतिद्वन्द्वी एमालेका बिनोद पाण्डेले ९३३ मत ल्याएका छन् ।
त्यस्तै एमालेबाटै महिला सदस्यमा तुल्सी ज्ञवालीले८४४ मत, दलित महिला सदस्यमा गायत्री परियारले ९३५मत, खुल्ला सदस्यमा ८४५ मत, खुल्ला सदस्य २ मा एमालेका उम्मेदवारले ८९३ मत ल्याएर विजयी भएका छन्।
सुनवल नगरपालिका वडा १,२,३,४,५,६,७ को मतगणना सकिए संगै ८ वडाको सुरु गरिएको छ ।