ट्रेन्डीङ्ग

सुस्ता गाउपालिका वडा १ मा कांग्रेसका अशोक चौधरी निर्वाचित

सुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसको वडा अध्यक्ष र २ सदस्य विजयी भएको छ ।

वडा अध्यक्षमा अशोक कुमार चौधरी १ हजार १ सय ८० मत सहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार गङ्गाराम गुरौले ९ सय ८९ मत पाएका छन् ।

त्यस्तै महिला सदस्यमा नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवार सीता देबि थारुले १ हजार १ सय ७३ मत,दलित महिला सदस्यमा नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवार उर्मिला देबि चमारले १ हजार १ सय ७५ मत,एक वटा चिन्ह भएको पुरुष सदस्य नेकपा एमाले पार्टीका उम्मेदवार गणेश प्रसाद उपाध्याय र नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवार जितेन्द्र प्रसाद थारुले १ हजार १ सय २२ मत लिएर बराबर भएका थिए उपाध्याय र थारुको मत बराबर भएपछि गोलाप्रथाबाट नेकपा एमालेका उम्मेदवार गणेश प्रसाद उपाध्याय बिजयी भएको हो ।

त्यसैगरी दुई चिन्ह भएको पुरुष सदस्य नेकपा एमाले पार्टीका उम्मेदवार ज्ञान प्रसाद न्यौपानेले १ हजार १ सय ३७ मत प्राप्त गरेका छन भने वडा अध्यक्ष र २ सदस्य नेपाली काङ्ग्रेस र पुरुष सदस्य २ नेकपा एमालेले बिजयी हासिल गरेको छ ।

वडा अध्यक्षमा बिजयी भएका चौधरी २०७४ को स्थानीय तहको निर्वाचनमा पनि सुस्ता १ बाट अध्यक्ष पदमा बिजयी भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?