
सुनवल। पश्चिम् नवलपरासी सुनवल नगरपालिकाको हाल सम्म मतगणना गरिएको दुई वडामा एमालले र एक वडामा कांग्रेसले बिजय हासिल गरेको छ ।
सुनवल वडा ३ अध्यक्षमामा कांग्रेसका पविन गुरुङले ११३२ मत ल्याएर एमालेका बद्रीमान श्रेष्ठलाई पराजित गरेका हुन ।
एमालेका श्रेष्ठले भने १००७ मत ल्याएका थीए । तेस्तै एमाले बाटै महिला सदस्यमा भुमिकला शर्माले १०९१ मत, दलित महिला सदस्यमा लक्ष्मी परियारले १०६० मत, खुल्ला सदस्यमा गिर बहादुर बुढाथोकीले १०२१ मत खुल्ला सदस्य २ मा श्याम बहादुर गुरुङले १०९९ मत ल्याएर बिजय भएका छन्।
सुनवल नगरपालिका वडा १,२ र ३ को मतगणना सकिए संगै ४ वडाको सुरु गरिएको छ ।