ट्रेन्डीङ्ग

अछाम चिनाउने अभियानमा साउद,अछाम पोखरा सम्पर्क समिती गठन

३ माघ,पोखरा ।
पोखरामा विभिन्न सिलसिलामा बस्दै आएका अछामीहरु बिच सहयोगका लागि भन्दै राजन साउदको अध्यक्षता राजन साउदको अध्यक्षता अछाम पोखरा सम्पर्क समितिको गठन गरिएको छ ।

शनिबार पोखरामा रहेका अछामी बासीहरुले माघी संक्रान्तिको अबसरमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रमको आयोजना गरि अछाम पोखरा सम्पर्क समिती गठन गरेको हो ।

अछाम पोखरा सम्पर्क समितिको अध्यक्षमा राजन साउद निर्वाचित हुनु भएको छ भने क्रमशः उपाध्यक्ष रोशन बोहरा सचिबमा रमेश लुहार सह-सचिबमा जिबन लुहार कोषाध्यक्षमा पुष्प कडारा र सदस्य हरुमा बिनोद पण्डित ,रमा साउद, नरेश लुहार ,बिकास लुहार,भावना कडारा र एसुदा लुहार रहेका छन ।

पोखरामा विभिन्न सिलसिलामा बस्दै आएका अछामीहरु बिच सहयोग ! सद्भाव र एकताबद्ध गर्नका साथै दु:ख सुख साटासाट गर्ने मंचका रुपमा अछाम पोखरा सम्पर्क समिती गठन गरेको अध्यक्ष साउदले बताए ।

अछाम बाट पोखरामा उच्च शिक्षा हासिल गर्न आउने विद्यार्थीहरु , कामको सिलसिलामा आउने मजदुर वा कर्मचारीहरु र विशेष गरि पर्यटकीय क्षेत्र पोखरामा घुम्न आउने अछामी पर्यटकहरुलाइ आवश्यक सल्लाह, सुझाव सहयोग र स्वागत गर्ने समितिको मुख्य उदेश्य रहेको छ ।

अध्यक्ष साउद का अनुसार स्वदेशि तथा बिदेशी पर्यटकहरु पोखरामा मात्र केन्द्रित हुने गरेका र अछाम जस्ता दुर दराज मा रहेका सम्भाबित धार्मिक तथा पर्यटकीय क्षेत्रहरु उचित प्रचारप्रसार को अभाव का कारण ओझेल मा परेका बताए ।

उनले भने अछाम मा रहेका कला संस्कृति,भाषा, र धर्म संस्कृती का साथ साथै धार्मिक तथा इतिहासिक पर्यटकीय क्षेत्रहरुको सम्बर्द्धन प्रबन्धक र प्रचारप्रसार गर्ने समितिको उदेश्य रहेको छ ।

साथै उनले अबको एक दुई बर्ष भित्र अछाम मात्र नभइ सिङ्गो सुदुर पश्चिमलाई नै पर्यटकहरुको नयाँ गन्तव्य को रुपमा स्थापित गर्ने लक्ष्य रहेको र त्यस को पूलको काम अछाम पोखरा सम्पर्क समितिले गर्ने छ । अछाम र अछामिलाई पोखरेली माझ चिनाउने हाम्रो प्रमुख अभियान रहेको छ ।

अध्यक्ष साउद को विशेष पहल र अध्यक्षतामा सम्पन्न उक्त आयोजित कार्यक्रममा सहभागी सबैले आआफ्नो मन्तव्य राखेका थिए भने कार्यक्रम को संचालन पुष्प कडाराले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?