
परासी।नेपाल पत्रकार महासंघ नवलपरासीले पत्रकारलाई प्रेस ज्याकेट वितरण गरेको छ।स्थानीय तह निर्वाचन लक्षित गरेर प्रेसस्वतन्त्रता दिवसको अवसरमा महासंघ शाखामा आबद्ध पत्रकारलाइ ज्याकेट वितरण गरेको हो।
स्थानीय तह निर्वाचनका क्रममा खटिने पत्रकारहरुलाई समाचार संकलनमा सहज हुने र ज्याकेटका कारण महासंघको संस्थागत पहिचानमा सहयोग पुर्याउने उद्देश्यले प्रेस ज्याकेट वितरण गरिएको महासंघका कोषाध्यक्ष प्रकाश न्यौपानेले जानकारी दिए।
निर्वाचनबाहेक अन्य जोखिम समयमा गरिने समाचार संकलनमा प्रेस ज्याकेट पत्रकारहरुको सुरक्षा कबचको रुपमा सहयोगी बन्ने महासंघको विश्वास छ।जिल्ला शाखामा ९० जना सदस्य छन्।
स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जाल र अन्य क्षेबाट हुन सक्ने भ्रामक विषयलाई पत्रकारितामार्फत स्पष्ट गर्दै सर्वसाधारणलाई जानकारी दिन तथा निर्वाचनमा बढीभन्दा बढी जनमत प्रकट हुने वातावरण सृजना हुने विषयका समाचारलाई जोड दिन महासंघले जिल्लाका पत्रकार र सञ्चार माध्यमहरुलाई आग्रह गरेको छ।
स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै महासंघ जिल्ला शाखाले यसअघि पत्रकारहरुलाई निर्वाचन रिपोटिङ र आचारसंहिता विषयमा तालिम प्रदान गरिएको जिल्ला सचिव राजकुमार रेश्मीले बताए।