ट्रेन्डीङ्ग

सुनवलमा गठबन्धनको घरदैलो अभियान तिव्र

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादीको संयुक्त गठवन्धले चुनावी अभियानलाई तिव्रता दिएको छ ।

प्रत्येक वडाका उम्मेदवारहरु घरदैलो अभियान संगै सुनवलको समग्र विकासको लागी आफुहरु कटिवद्ध रहेको जनाएको छ।गठवन्धनले सुनवल नगरपालिका वडा नम्वर ६ र १२ लगायत विभिन्न वडामा प्रचार प्रसार तिव्रता दिएको जनाएको छ ।

सोहि क्रममा वडा नम्वर ६ मा कृष्ण अर्याल लगायत आधा दर्जन भन्दा वढि नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन।

नेपाली कांग्रेसका पार्टि प्रवेश गर्ने वडा नम्वर ६ मा एक महिना अगाडि नेकपा एमालेका करिव दर्जन कृयाशिल नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।

चुनावी माहोल गठवन्धनकै पक्षमा आउने भन्दै सवै स्थानियलाई आफ्नो अमुल्य मत प्रदान गरि सुनवलको समग्र विकासमा सहयोग गर्न समेत सुनवल नगरबासीलाई गठवन्धनले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal