
सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर -२ नवदुर्गा टोलमा रहेको दुर्गा मन्दिरमा चोरी भएको छ।
हिजो राती मन्दिरको झ्याल तोडफोड गरि मन्दिर भित्र रहेको स्पिकर (डेग)चोरी भएको तर अन्य सामान,नगद केही पनि चोरी नभएको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष सेसहरि सुबेदिले बताउनु भयो।
चोरीको प्रकृति हेर्दा मन्दिर बारे जानकार व्यक्तिले नै चोरेको हुन सक्ने अनुमान गर्न सकिन्छ अध्यक्ष सुवेदीले बताए।
२०४३ सालमा स्थापना भएको दुर्गा मन्दिरको क्षेत्रमा अहिले गणेश मन्दिर,कोटिया मन्दिर,शिबको मन्दिर रहेको छ ।