ट्रेन्डीङ्ग

सन्त जस्तै सन्तु गाहा

बर्दघाट।सानो कद नरम अनि शालिन बोलि,बोलिमा मिठास,सोझो मगरको छोरो,सफा र सरल ब्यवहार,कसैलाई नपिराउने स्वभाव ।यी ब्यक्ती हुन बर्दघाट नगरलालिका वडा नम्बर १४ बाट नेपाली काङ्ग्रेस तर्फका वडाअध्यक्ष पदका उमेदवार सन्त बहादुर गाहा ।

लामो समयको शिक्षण पेसा बाट अवकास लिएका उमेदवार सन्तु गाहा लाई नेपाली काङ्ग्रेस लगायतको गठबन्धन दलले निर्बिरोध उमेदवार चयन गरेको छ।

बिहान उठ्ने बितिकै खाना खाईवरी बिधालय जाने उनको अहिलेको दिनचर्या फेरिएको छ।बिहान उठ्ने बितिकै चिया पिएर उनी मत माग्न मतदाताको घरदैलोमा पुग्छन अनि आफ्ना योजना र प्रतिबद्धता सुनाउछ्न र मत माग्छन।उनी भन्छन यहि माटोमा कर्म गरेको छु जनताको पीडा र यहाको बिकास के हो नजिक बाट बुझेको छु।म गरिबको छोरो बिपन्नका पीडा,पिछडिएकाको पीडा,दलित समुदायका पिडालाई पनि नजिक बाट आत्म साथ गरेको छु ।तसर्थ जित हार अलग कुरा हो जनताले मत दिए साची नै सबै समुदायको सबै ब्यक्तीको नेतृत्व गरी वडाका निम्ति गरेर देखाउने उनको ईच्छा रहेको उनी सुनाउछन् ।

सबै उमेदवारहरु यतिखेर ठुला ठुला र महत्वाकांक्षी योजना लिएर जनताका घरदैलोमा पुगिरहेका बेला उमेदवार सन्तु गाहा आफू भने साना कुराबाट सुरुवात गर्नु पर्ने जुन जनताको दैनिकी सग जोडिएको छ,जिविकोपार्जन सग जोडिको छ यी कुरा नै प्राथमिकतामा राखेको उनी बताउछन ।
उनी भन्छन यति लामो शिक्षण पेशा बाट अलग भएर जनताको सेवा गर्न मैदानमा उत्रिएको छु सबै चिज त्यागेर जनताको सेवा गर्ने अठोटका साथ सङ्कल्पका साथ पाईला चालेको छु एकपटक यो वडाको मुहार फेरेरै छोड्ने धोको छ।मलिन मुद्रामा उनि भन्छन होला अन्य उमेदवार साथिहरु जस्तो म आर्थिकमा बलियो नहुला तर उमेदवार बन्न वडाको बिकास गर्छु भन्ने दृढ संकल्पका साथ उठेको म भित्र यो सिङ्गो समाजको चित्र कोरिएको छ।सबैका पीडा अटाउने सामर्थ्य छ तसर्थ यसपाला मतदाताले साचिकै मेरो निष्ठा र ईमानलाई बुझिदिनु हुनेछ ।उनी भन्छ्न राजनीति सेवा हुन सकेन यो पेशा बन्यो ।चुनाब साचिकै पैसावाल हरुको मात्रै बन्यो के अब पार्टी र समाजलाई योगदान गर्ने गरिब ब्यक्ती उमेदवार बन्नै नपाउने?उनि प्रश्न गर्छ्न।

यो समजमा भएका राजनीतिको कुसंस्कारको जग ढालिनु पर्ने उनको तर्क छ ।राजनीतिमा खर्च गर्नेले पैसा बगाउनेले कुन स्वार्थमा जनताको सेवा गर्छ्न त्यसैले असल उमेदवार चयन गर्न मतदातालाई उनले अपिल गरेका छन

आफू चुनाव जिते लगत्तै वडा नम्बर १४ मा रहेका बिधालयहरुमा माध्यमिक तह सम्मको शिक्षा निशुल्क गरिने,वडा भित्र रहेका दुईवटा माध्यमिक तहका बिधालयलाई प्राविधिक बिधालयको रुपमा बिकास गर्ने र कृषिको सम्भावना बोकेको यश वडामा सिचाईको प्रवन्ध मिलाउने उनको प्रतिबद्धता रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal