ट्रेन्डीङ्ग

आचारसंहिता बिपरित एमाले वडा अध्यक्षका उम्मेद्वारले गरे सम्मान कार्यक्रम

सुनवल।मातातिर्थ औंशी प्रत्येक बर्ष आउने गर्दछ । मातातिर्थ औंशी यस अगाडीका वर्षमा नआएका पनि होईनन । तर २०७९ को मातातिर्थ औंशी स्थानीय तह निर्वाचन-२०७९ का उम्मेदवारहरुको लागि निकै विशेष उत्सव बन्न पुगेको छ।नेकपा एमालेको तर्फबाट सुनवल नगरपालिका वडा नं. ७ को वडाअध्यक्षका उम्मेदवार विनोद पाण्डेले चुनावको पुर्वसन्ध्यामा मातातिर्थ औंशीको अवसर पारी वडाका ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् । स्रोतका अनुसार शनिवार उक्त सम्मान र घरदैलो कार्यक्रमको शुभारम्भ गरिएको बताईएको छ।उम्मेदवार र पार्टीका कार्यकर्ताहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको बताईएको छ।उम्मेदवारहरुले निर्वाचनको मुखमा सम्मान त गरे त्यससँगै निर्वाचन आचारसंहितालाई पनि लत्याए। निर्वाचन आयोगले तोकेको आचारसंहिता अनुसार यी र यस्ता किसिमका कार्यक्रमहरु निर्वाचन आचारसंहिता विपरीत मान्ने गरिन्छ।

नेकपा एमालेबाट सुनवल-७ मा वडा अध्यक्षमा विनोद पाण्डे वडा सदस्यमा तुलसी ज्ञवाली,लाल बहादुर थापा र गायत्री परियार लगायतको उम्मेदवारी रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal