ट्रेन्डीङ्ग

नेपाली काङ्ग्रेस बर्दघाटले बागी उम्मेदवारलाई कारबाही गर्यो

बर्दघाट।पार्टीको निर्देशन बिपरित गठन्धनको बिरुद्धमा उमेदवारी दिएको भन्दै नेपाली काङ्ग्रेस बर्दघाट नगर कार्यसमितिले बागी उमेदवार तिनका प्रस्थापक र सर्थकलाई कारबाही गरेको छ।पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरी कारबाही गरिएको नगर सभापति दामोदर जिसिद्वारा हस्ताक्षरीत पत्रमा उल्लेख गरिएको छ।

कारबाहीमा पर्नेहरुमा बर्दघाट नगरपालिका वडा नम्बर १० का अध्यक्ष पदका स्वतन्त्र उमेदवार कमल प्रसाद लामिछाने,वडा नम्बर ३ का वडा अध्यक्ष पदका स्वतन्त्र उमेदवार प्रकाशचन्द्र अधिकारी र वडा ३ बाटै वडा सदस्य पदमा उमेदवारी दिएका हर्ष नारायण कुमाल र सुनिल चौधरी रहेका छन ।

काङ्ग्रेसको बिधान २०१७(संसोधित )को धारा ४(१३) ग बमोजिम पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको पत्रमा उल्लेख गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal