ट्रेन्डीङ्ग

समृद्ध सुनवल सुखी सुनवलवासी गराउने गठवन्धनको प्रतिवद्धता

सुनवल।स्थानिय तहको चुनाव नजिकीदै गर्दा चुनावी सरगर्मि पनि वढेको छ।उम्मेदवारी फिर्ता सगै चुनाब चिन्ह निर्वाचन अयोगले प्रदान गरेपछि चुनावी माहोल तातेको हो।

सात स्थानिय तह रहेको नवलपरासीमा कतै चुनावी तालमेल रहेको छ भने कतै एक्ला एक्लै पनि चुनावी मैदानमा उत्रेका छन। यसै सन्दर्भमा सुनवल नगरपालिकामा नेपाली कांग्रेस र माओवादीको गठवन्धन वनेको छ। गठवन्धनले आफ्नो जित शुनिश्चत भएको जनाएको छ।

गठवन्धनले संयुक्त प्रेस वक्तब्य जारी गर्दै गठवन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार अर्जुन कुमार पोखरेलले समृद्ध सुनवल सुखी सुनवलवासी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

त्यस्तै सुनवलका अधुरा योजनाहरु पुरा गर्ने वताउदै शिक्षा,स्वास्थ्य लगायत भौतिक पुर्वधारमा जोड दिने बताउनुभयो । त्यस्तै सामुदायिक विद्यालयहरुलाई विश्वका शैक्षिक संस्था संग प्रतिस्पर्धा गराउने लक्ष्य रहेको उम्मेदवार पोखरेलको भनाई छ।

त्यस्तै गठवन्धनका उपमेयर पदका उम्मेदवार लेखनाथ खरेलले पाँच वर्षमा समृद्धिको ढोको खेल्ने बताउदै बेरोजगारी हटाउनका लागी विशेष योजना वनाउने बताउनुभयो।जनताका अत्यावश्यक सेवाहरुलाई घरघरमै पुरियाउने लक्ष्य सहित गठवन्ध अगाडि वढेको बताउनुभयो।

गठवन्धमा नेपाली कांग्रेस बाट मेयर सहित वडा नम्वर १,२,३,६,८ र १० मा समर्थन रहेको छ भने वडा नम्वर ५,७,९,११,१२ र १३ मा मित्रवत प्रतिस्पर्धा गर्ने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?