
सैनामैना।निकट रहेको स्थानीय तहको निर्वाचनमा एमाले बहुमतका साथ पहिलो पार्टी बन्ने र एमालेलाई जित्नमा कुनै पनि शक्तिले रोक्न नसक्ने कुरा पुर्वउपप्रधान एवम् अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष बिष्णु प्रसाद पाैडेलले बताउनुभएको छ।
चुनाब नजिकिए सइ्गै दैशभर राजनीतिक तापक्रम ह्वात्तै बढेको छ । मनोनयन दर्ताको समय र निर्वाचनलाई लक्षित गरि गृह जिल्ला आउनुभएका पाेेडेलले आज(बुधबार)सैनामैनामा अगुवा कार्यकर्ता भेला तथा उमेदवार अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।
देशभरनै एमालेले देश र जनताको पक्षमा थुप्रै महत्त्वपूर्ण र युगिन परिवर्तनका कामको सुत्रपात गरेको उहाको ठम्याइ छ।उहाले नेकपा एमालेले देशभर जिते देशमा सुशासन ल्याउने बताउनु भयो।अहिलेको गठबन्धन सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप पनि उहाँले लगाउनुभयो।
देशमा बहुमतमा रहेको सरकारलाई परमादेशबाट बनेको सरकारले ढलाएको भन्दै परमादेशी सरकारलाइ जनादेशबाट ढलाउने पाैडेलले बताउनुभयो।आउदै गरेको चुनाबमा ६०% पालिकामा बिजयको झण्डा एमालेले फहराउने दावी पाैडेलको छ।
व्यक्ति होइन पार्टी चुनाव लडने भन्दै यस पार्टीले चुनाव जिते सैनामैना आधुनिक व्यवस्थित सहर बनाउने र बिकासको मोडलका रुपमा देशमा चिनाइने उहाले बताउनुभयो।
यस्तै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज भुमिश्वर ढकालले सैनामैनामा एमालेको जीत सुनिश्चित रहेको बताउनुभयो।
गएको कार्यकालमा थुप्रै जनपक्षीय काम गरेकाले चुनाब जित्ने थुप्रै आधार रहेको भन्दै फेरी पनि आम सैनामैना वासिले भोट दिएर जिताउने मेयरका प्रत्यासी चित्र बहादुर कार्की एवम् उप मेयरका प्रत्यासी बिना रानाले बताउनुभयो ।कार्यक्रममा सैनामैना छ र नाै का आदि दर्जन बढी युवा नेकपा एमालेमा प्रवेश गरेका थिए ।
कार्यक्रम पुर्व उपप्रधान एवम अर्थमन्त्री नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पाैडेल,पोलिटब्युरो सदस्य लिला गिरी,जिल्ला अध्यक्ष तेजेन्द के सि लगायत नगर,जिल्ला,प्रदेश र केन्द्र तहका नेतागणको अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम नगर अध्यक्ष चेतनारायण न्याैपानेको अध्यक्षता एवम नगर सचिव बुद्धिराम चाैधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।