ट्रेन्डीङ्ग

राज्यको निरिहताले वेपत्ताको खोजी भएन:नेकपा केन्द्रिय आस्था

पोखरा।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकि केन्द्रिय सदस्य सावित्रा दुरा(आस्था)ले राज्यको निरिहताले वेपत्ताको खोजी नभएको बताइन।नेकपा कास्की लगायत संयुक्त जबस मोर्चाले आयोजना गरेको जनयुद्धका वेपत्ता योद्दा पुर्ण पौडेलको खोज सभा कार्यक्रम आस्थाले उक्त कुरा बताएकी हुन् ।

पोखराको सहिद स्मृति विधालयको सहिद स्मृति सभाहलमा भएको  पुर्ण पौडेलले खोज सभा कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य तथा वेपत्ता योद्दा पुर्ण पौडेलको जिवन संगीनी साबित्रा दुरा (आस्था)को प्रमुख अतिथ्यतामा र अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ कास्की जिल्ला इन्चार्ज प्राप्ति बिकको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रममा वेपत्ता योद्दा पुर्ण पौडेलको आमा मोतिमाया पौडेल, पुर्ण पौडेलका दाजु तथा यातायात ब्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष केदार पौडेल,बहीनी तेज कुमारी पौडेल,भान्जा डा. रबि थापाको समेत उपस्थिति रहेको थियो भने वेपत्ता परीवार समाज कास्कीका अध्यक्ष अणनाथ बराल,नेकपा कास्की जिल्ला पुर्व सेक्रेटरी गोकुल पराजुली,नेकपा क्रान्तिकारी माओवादी गण्डकी प्रदेश सदस्य प्रशु कोईराला,नेकपा माओवादी(समाजवादी)गण्डकी प्रदेश इन्चार्ज भोजराज त्रीपाठी,नेकपा बैज्ञानिक समाजवादी पार्टीका प्रतिनिधि बिकास लिङ्गदेली,सहिद बेपत्ता परीवार राधिका सिन्खडा, सहीद सन्तति फाउन्डेसन गण्डकी प्रदेश अध्यक्ष संगीता बराल,भुपु बिध्यार्थि मन्चका संयोजक सुजन सापकोटा साथै सहित स्मृति स्कुलकी प्रअ मोना गिरीको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा वेपत्ता योद्दा पुर्ण पौडेलका दाजु केदार पौडेलले भाईको जिवनी प्रस्तुत गर्दै विधार्थी आन्दोलनलाई अगाडी बढाउने सवालमा पुर्ण पौडेलको नेतृत्व सम्मानजनक रहेको बताउदै उनिहरुको सपनालाई साकार बनाउनुपर्नेमा जोड दिनुभएको थियो । यस्तै पुर्ण पौडेलकी आमा मोतिमाया पौडेलले मन्तब्य राख्दा कार्यक्रम हल निकै भावुक बन्न पुगेको थियो । आमा मोतिमायाले छोरा पुर्णलाई सम्झदै राज्यले वेपत्ताको खोजी यथाशीघ्र चाडो गर्नुपर्ने भन्दै छोराले बोकेको सपनालाई पुरा गर्न आफु पनि अनवरत लागीरहेको बताउनु भएको थियो ।

उत्त कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा कार्यक्रमकी प्रमुख अतिथि साबित्रा दुरा आस्थाले राज्यको निरिहताले गर्दा आजसम्म पनि सहीद लाई राष्ट्रिय सहीद र वेपत्ताको खोजी नभएकोमा दु:ख ब्यत्त गर्नुभएको थियो।यस्तै उहाँले हजारौं सहीद,वेपत्ताको सपना साकार नहुदासम्म क्रान्तिको मार्ग नछाड्ने समेत प्रतिबद्धता दिनुभएको थियो।उहाँले आफुहरु दलाल राज्यब्यवस्थाको अन्त्य गर्दै बैज्ञानिक समाजवादी ब्यवस्था स्थापित गर्नका लागी संघर्ष गरीरहेको समेत बताउनु भएको थियो ।

कार्यक्रममा उपस्थित अन्य अतिथिहरुले पनि आफ्नो मन्तब्य राखेका थिए ।

नेकपा माओवादीले गरेको १० बर्षे जनयुद्दका क्रममा तत्कालिन अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पुर्ण पौडेललाई राज्यले २०५९ बैशाख १३ गते काठमाडौको कालिमाटीबाट गिरफ्तार गरी वेपत्ता बनाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?