
सुनवल।नेकपा एमाले पश्चिम नवलपरासीका १० औं महाधिवेशन प्रतिनिधि तथा पुर्व जिल्ला कमिटि सचिवालय सदस्य लेखनाथ खरेलले पार्टिबाट राजिनामा दिनुभएको छ।
वि.स २०४६ साल देखिनै विद्यार्थी जिवनबाट राजनिति सुरु गर्नुभएका खरेलले आफुलाई स्थानिय निर्वाचनमा उपेक्षा एवं व्यवस्था गरिएको भन्दै नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरि पार्टि परित्याग गरेको घोषणा गर्नुभएको छ।
पार्टिका केहि व्यक्तिहरुले नेकपा एमाले कब्जा गरेको र योगदान दिने सस्यहरुलाई किनारा लगाएको खरेलको आरोप छ । पछिल्लो समयमा पार्टिमा आफुलाई भुमिका विहिन गराएको र जिल्ला अधिवेशनमा सदस्य पदमा चुनाव हारेको व्यक्तिलाई प्रदेश कमिटिमा मनोनित गर्दा आफ्नो नाम जिल्ला इन्चार्ज,सह इन्चार्ज र जिल्ला अध्यक्षले सहमति गरेर पेश गरेको लिष्टनै च्यातिएको भन्दै सो अवस्था आफुलाई अत्यान्तै असहज भएकाले पार्टिबाट राजिनामा दिनुपरेको बताउनुभयो।
साथै पार्टिमा कामगर्ने र योगदान भएका दक्ष पार्टि सदस्यको व्यवस्था गर्दै आर्थिक तथा कृपावादको चलखेलले पार्टिलाई गतिहिनता तर्फ लैजादै गरेको परिदृश्यमा पार्टिको गलत कृयाकलाप पछि लागेर पार्टिको झण्डा बोकिरहनु शान्द्रभिकता नभएको समेत खरेलले बताउनुभयो । साथै आफ्नो राजिनामाले सम्पुर्ण शुभचिन्तकहरुलाई पर्न गएको असुविधा प्रति माफी माग्दै आफुले पार्टि भन्दा वाहिर वसेर देश र समाज प्रति सदैव सकरात्मक र रचनात्मक भुमिका खेल्ने खरेलले बताउनुभएको छ।