
सुनवल।सुनवल नगरपालिकाका नगर प्रमुखमा विवेकशिल साझा पार्टीबाट २६ बर्षिय युवा व्यवसायी रामजी बाबुले उम्मेद्बारी मनोनयन दर्ता गरेका छन ।
सुनवल नगरपालिकाका कान्छा नगर प्रमुखमा रुपमा उम्मेद्बारी दिए पछि उनले भने”हार्नका लागि त म पनि कहाँ उठ्छु र ?जनताले हराए भने चाहिं,अब ५ वर्षसम्म जनता आफ्नै गल्तीले गर्दा पछुताएर बसेको हेर्नलाई चाहिँ उठेको हो।”
विवकेशील साझा पार्टीले सुनवल नगरपालिकामा मेयरमा मात्र उम्मेद्बारी दिएको बताउदै आफूलाई युवाहरु र नयाँ पुस्ताको साथ रहेको बताए।
नगरमा आमूल परिवर्तनका लागि युवाले पुरानो पुस्तालाई विदाई गरेर नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनको लागि उम्मेदवारी दर्ता गराएको विवेकशिल साझा बताउंछ।
विज्ञहरुसँग छलफल गरेर,गर्न सक्ने र बजेटले भ्याउने कामहरुकाे मात्र घाेषणापत्र तयार गरिएकाले आफ्नाे घाेषणापत्र आउन केही ढिलाे भएकाे र अब १/२ दिनमा सार्वजनिक गरिने तथा आफुले पार्टीले दिएकाे घाेषणापत्र नभई आफ्नै गाउंठाउंका समस्या पहिचान गरेर,त्यसकाे सामाधान सहितकाे घाेषणापत्र तयार गरेकाले ती कुरा शतप्रतिशत पुरा गर्ने र त्यसका लागि कुनै बाहना नबनाउने उनले बताए।
उनका अनुसार,सुनवललाई कृषीमैत्री र युवा स्वराेजगार बनाउनमा मुख्य जाेड दिईएकाे छ।