
सुनवल। मोहन बैधै नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य राम सिह श्रीस सहित १० जनालाइ इलाका प्रहरी कार्यलय सुनवलले पक्राउ गरेको छ।
सुनवल चोकमा निर्वाचन बहिष्कार कार्यक्रमलाइ सम्बोधन गर्दैगर्दा प्रहरीले क्रान्तिकारी माओवादका स्थायी समिति सदस्य राम सिहं श्रीस,पिविएम धनेश्वर पोखरेल,नवलपरासी जिल्ला सचिवालय सदस्य रामचन्द्र पोखरेल,जिल्ला सदस्य कमल तमु,रवि पुन,गुणनिधी पोखरेल,मोहनलाल शर्मा सुनवल नगर सदस्य ॠषिराम बिक र नेवा मुक्ति मोर्चा जिल्ला संयोजक चन्द्रमान मानन्धर सगै क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पान्डेयलाइ पक्राउ गरेको क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले जनाएको छ ।
क्रान्तिकारी माओवादीले स्थानीय निर्वाचन बहिष्कारको कार्यक्रममा समाचार संकलन गर्न गएको बेला प्रहरीले पक्राउ गरेको पत्रकार पाण्डेयले बताए।प्रहरीले कार्यक्रम सहभागीलाई कार्यक्रताको रूपमा पक्राउ गरेको बताए।