ट्रेन्डीङ्ग

एमालेका लुम्बिनी प्रदेश सदस्य रावल माओवादी केन्द्र प्रवेश

पाल्पा।नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य राम बहादुर रावल नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्।

रावल एमालेबाट गत २०७४ को स्थानीय निर्वाचनमा तानसेन वडा नम्बर ५ का निर्वाचित वडा अध्यक्ष हुन्।एमालेका कार्यकर्ताहरूलाई माओवादीमा एक कार्यक्रमकाबीच स्वागत गरिएको छ।

रावललाइ जिल्ला संयोजक नेत्र प्रसाद पाण्डेय,प्रदेश सांसद तुलाराम घर्ती,केन्द्रीय सदस्य अनिल किशोर घिमिरे लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?