
परासी।जिल्ला फुटवल संघ पश्चिम नवलपरासीको अध्यक्षमा पुनः धनप्रसाद गुरुङ्ग सर्वसम्मत निर्वाचित हुनुभएको छ । जिल्ला फुटवल संघको आठौ साधारणसभा तथा पाचौ अधिवेसनबाट अध्यक्षमा गुरुङ्ग सहित १५ सदस्यिय जिल्ला कार्य समिति चयन भएको हो ।
जसको उपाध्यक्षमा ज्ञानु गुरुङ्ग, मिलन कुमार गुरुङ्ग,धनबहादुर गुरुङ्ग लगायत सदस्यहरु सर्वसम्मतिमा निर्वाचित हुनुभएको निर्वाचन संयोजक अधिवक्त राजेन्द्र खनालले जानकारी दिनुभयो ।
जिल्ला फुटवल संघको साधारणसभा तथा अधिवेसन कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एबं पुर्व गृहराज्य मन्त्रि देवेन्द्रराज कण्डेलले फुटवल खेलाडीको भविस्य सुनिश्चित हुनुपर्ने बताउनुभयो। साथै विभिन्न क्लवहरुमा आवद्ध खेलाडिहरुलाई व्यावसायीक वनाउनुपर्ने भन्दै खेलाडिको दिगोपनाका लागी क्लवलाई सरकारले सहुलियत दिनुपर्ने बताउनुभयो।त्यसका लागी आफुले पहल गरिरहेको समेत कंडेलको भनाई छ।
कार्यक्रममा संघका उपाध्यक्ष मिलन कुमार गुरुङ्ग, क्रिकेट संघका जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ,रुपन्देही फुटवलसंघका अध्यक्ष लोकबहादुर पुन,पुर्व अध्यक्ष दिर्घबहादुर केसी, एन्फा केन्द्रिय सहसचिव प्रकाश पंगेनी लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
जिल्ला फुटवल संघका कोषाध्यक्ष जितेन्द्र कुमार चौधरीले संघको आयव्याय प्रस्तुत गर्नुभएको थियो।यस्तै कार्यक्रम तथा संघका नवनिर्वाचित अध्यक्ष गुरुङ्गले संघलाई आगामी दिन संघलाई थप शशक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।
अध्यक्ष गुरुङ्गले जिल्लामा गोल कप संचालन गर्ने,क्लवहरुको सवलिकरण गर्ने,फुटवल एकेडेमी संचालन गर्ने,साथै खेलाडी उत्पादन गर्न विभिन्न तालिम संचालन गर्ने लगायतका योजनाहरु समेत संघको रहेको बताउनुभयो।