
बुटवल।अर्घाखाँची जिल्लाको वाङ्गलाबाट विभिन्न पेशा व्यवसायमा संलग्न भई रुपन्देहीमा बसोबास गर्नेहरुको साझा संस्था वाङ्गला रुपन्देही सम्पर्क समाजको सातौ साधारण सभा एवम् बिक्रम सम्बत २०७९ को भित्ते पात्रो(क्यालेन्डर) बिमोचन आज एक कार्यक्रमका बिच बुटवलमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद भट्टराईको अध्यक्षता रहेको सो कार्यक्रममा बुटवल उपमहानगरपालिकाका शिक्षा तथा स्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा सल्लाहाकारहरु तेजनिधि पौडेल ,कुलचन्द्र भुसाल,नेत्र बहादुर अधिकारी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा उपाध्यक्ष भानुभक्त भुषालको स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका अर्का उपाध्यक्ष प्रकाशमणि खनालले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो।
उक्त कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णप्रसाद भट्टराईले अध्यक्षको प्रतिबेदन ,सचिव चिरन्जिवी भट्टराईले प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष विष्णुप्रसाद अधिकारीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा शाखा प्रमुख खनालले साधारण सभाको सफलताको शुभकामना ब्यक्त गर्दै संस्थाको बृहत्तर हितका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्दता ब्यक्त गर्नु भएको थियो ।सोहि अवसरमा वि सं. २०७९ सालको भित्तेपात्रो बिमोचन सहित नयाँ आजीवन सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो भने भित्ते पात्रो प्रकाशन गर्न बिज्ञापन उपलब्ध गराउने सम्पूर्ण बिज्ञापनदातालाई धन्यवाद ज्ञापन गरिएको थियो।कार्यक्रममा आजीवन सदस्य सहित करिब १५० जनाको सहभागिता रहेको थियो।