ट्रेन्डीङ्ग

विप्लव नेकपाद्वारा माघ १० गते नेपाल बन्दको घोषणा

माघ १ काठमाण्डौं । विप्लव नेतृत्वको नेकपाले सचिवालय सदस्य धमेन्द्र बास्तोला कन्चनलाई गिरफ्तार गरेको बिरोधमा माघ १० गते नेपाल बन्दको घोषणा गरेको छ ।
माघ ३ गतेदेखि सभा , मशाल जुलुश सहितका कार्यक्रम गरेर १० गते नेपाल बन्द गर्ने पार्टी महासचिव विप्लवले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले आज विज्ञप्ति जारी गरी हिजो दिउसो तीन बजे ललितपुरबाट बास्तोला सहित ब्युरो सदस्य बिशाल र बिबेकलाई पनि नियन्त्रणमा गिराफ्तार गरेको भन्दै बन्द सहितका संघर्षका कार्यकम घोषणा गरेका हुन् ।
जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो । विप्लवद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

विप्लवले पार्टीपङ्क्ति र श्रमिक जनतालाई गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न निर्देशन समेत विज्ञप्ति मार्फत दिएका छन् ।

उनले एकीकृत जनकान्तिलाई राजनीतिक विषयको रुपमा बुझ्न सरकारलाई आग्रह गर्दै नेता कार्यकर्तामाथिको दमन बन्द गर्न आग्रह पनि गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal