

सुनवल।सुनवल नगरपालिका नवलपरासीमै पहिलो कोभिड-१९ पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ।सुनवललाई १२ बर्ष माथि कोभिड १९ विरुद्धको पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।
सुनवलमा एक कार्यक्रमका बीच”पुर्ण खोप सुरक्षित भविष्य स्वामित्व र सहभागीता पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता”भन्ने नाराका साथ जिल्ला खोप समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवण कुमारी पोखरेलले १२ बर्ष माथिकालाइ कोभिड-१९ खोप विरुद्ध पहिलो शृङ्खलाको पुर्ण मात्र लगाएको नगरपालिकाका घोषणा गर्नु भएको हो।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पन्थि,रुपन्देही जिल्ला खोप संयोजक भेषराज शर्मा,पत्रकार दिपक खनाल लगायतले पुर्ण खोप घोषणा संगै त्यसलाई निरन्तरता र दिगोपन गराउन चुनौति पनि रहेको बताउनुभयो।
नेपालका ७ सय ५३ स्थानिय तहहरु मध्य १२ बर्ष माथिकालाई कोभिड १९ विरुद्धको पहिलो शृंखलाको पुर्ण मात्रा खोप लगाएका पालिकाहरु मध्य सुनवल नगरपालिका पाचौ रहेको कार्यक्रमका संचालक एवं सिनियर अहेव चुरामणी नेपालले जानकारी दिनुभयो।