
सैनामैना ।नेपाली कांग्रेस तरुण युवा परिचालन वडा समिति सैनामैना ४ ले अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । सैनामैनामा स्थानीय निर्वाचनलाई लक्षित गरि समितिले अन्तरक्रृया कार्यक्रम सम्पन्न गरेको हो।
नेपाली कांग्रेस तरुण युवा परिचालन वडा समिति सैनामैना ४ का संयोजक किरण थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस रुपन्देही जिल्लाका सदस्य जीवन सेवानी,नेपाली काङ्ग्रेस सैनामैनाका नेता रामप्रसाद अधिकारी, धन बहादुर कार्की ,नेपाल तरुण दल रुपन्देही जिल्ला सदस्य सुवास क्षेत्री ,नेपाली काङ्ग्रेस सैनामैनाका नगर सचिव अर्जुन पौड्याल , नगर सह–सचिव शारदा रौतार , नेपाली काङ्ग्रेस वडा समिति सैनामैना ४ का सभापति जगन्नाथ गौतम, नेपाली काङ्ग्रेस सैनामैना ४ का क्षेत्रिय प्रतिनिधिहरु, नेपाली कांग्रेस वडा समिति सैनामैना ४ का पदाधिकारीहरु, तरुण युवा परिचालन समितिका पदाधिकारीहरु र महिला परिचालन समितिका पदाधिकारिहरु को सहभागितामा स्थानीय निर्वाचनलाई लक्षित गर्दै अन्तरक्रृया कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नजिकिँदै गरेको २०७९ साल बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टीलाई विजय गराउनको लागि रणनितिक योजनाहरु बनाउने र तरुण युवाहरुको भूमिकाको बारेमा छलफल भएको थियो ।
कार्यक्रममा सैनामैना ४ का तरुण युवाहरुको सहभागिता रहेका थियो भने कार्यक्रमको सञ्चालन तरुण युवा परिचालन समिति सैनामैना ४ का सह–संयोजक आभाष क्षेत्रीले गर्नुभएको थियो ।