ट्रेन्डीङ्ग

छोराले गरे आमाको हत्या

माघ १ अर्घाखाँची । अर्घाखाँचीमा छोराले आमाको हत्या गरेका छन्।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१ तुम्कोटका २३ वर्षीय विमल नेपालीले ५५ वर्षीय आमा हिराकुमारीलाई कुटपिट गरेर हत्या गरेका छन् ।

बाहिरबाट मदिरा सेवन गरी साँझ घरमा आएका विमलले आमासँग झगडा गरेर बुधबार राति ११ बजेतिर घरेलु हतियारले टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

विमललाई प्रहरीले नियन्त्रणमा लिएको छ । विमललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भईरहेकाे प्रहरी निरीक्षक रामनारायण गुप्ताले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal