ट्रेन्डीङ्ग

स्थानीय निर्वाचन रिपोर्टिङ एवं आचारसंहिता बिषयक दुई दिने तालीम बर्दघाटमा सुरु

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा निर्वाचन रिपोर्टिङ एवं आचारसंहिता बिषयक दुई दिने  तालिम बर्दघाटमा सुरु भएको छ।

नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजना तथा बर्दघाट नगरपालिकाको सहयोगमा पत्रकारहरुका लागी स्थानीय निर्वाचन रिर्पाेटिङ र आचारसंहिता विषयक दुई दिने तालिम बर्दघाटमा सुरु भएको हो ।महासंघका जिल्ला अध्यक्ष हरि शर्माको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको आतिथ्यतामा भएको सम्पन्न भएको हो।कार्यक्रममा बोल्दै नगर प्रमुख बस्यालले स्वास्थ्य क्षेत्रमा जनताको पहुँचमा पुर्याउदै सबै वडामा आधारभूत स्वास्थ्य चौकी निर्माण गरिएको,बर्थिङ सेन्टरसम्म सुत्केरी महिलालाई नि:शुल्क एम्बुलेन्स सेवा का साथै बच्चाको स्वास्थ्य हेरचाहका लागि घरमै पुगेर सेवा दिएको,स्थानीय तहको लगानीमा अस्पताल निर्माण,छात्राहरुलाई निशुल्क सेनेटरी प्याड,शिक्षामा नि:शुल्क खाजा कार्यक्रम जस्तो जनमुखी काम गरेको बताउनुभयो ।

त्यसैगरी बस्यालले दुध र अण्डामा आत्मनिर्भर भएको बताउदै नगरले कृषी,स्वास्थ्य,शिक्षा र पर्यटनलाई प्राथमिकतामा राखेर गरेको बताउनुभयो।कार्यक्रममा बर्दघाट नगरपालिकाका उपप्रमुख मायादेवी पौडेलले आफु निर्वाचित भएपछी न्यायिक समितीमा आइसक्दा हालसम्म २ सय ३५ उजुरी परेको र त्यसमध्ये २ सय बढी उजुरीको निरुपण गरेको २ वटा उजुरी अदालतमा पठाएको बताउनुभयो।

सोही अवसरमा बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्याले पत्रकारहरु राज्यको चौथो अंग भएको हुदा पालिकाका हरेक गतिविधिमा चासो राखि समाचार सम्प्रेषण गर्नुपर्ने  बताउनुभयो।कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका पुर्व सभापति एवं सल्लाहकार टिकाराम गैरे,नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष शेर बहादुर केसी लगायतले मन्तब्य राख्नुभएको थियो ।

तालिममा निर्वाचनमा कसरी रिर्पोटिङ गर्ने र पत्रकारहरुले निर्वाचनमा गर्नुपर्ने भुमिकाका बारेमा प्रशिक्षक पत्रकार एवं शेर बहादुर केसीले प्रशिक्षण दिनुभएको थियो।त्यसैगरी अर्का प्रशिक्षक नवलपरासीका जिल्ला न्यायधिवक्ता चन्द्र बहादुर सिजांली मगरले अहिले सरकारले लागु गरेको निर्वाचन,पत्रकार आचारसहिता र कानुनी प्रावधानको बारेमा पत्रकाररुलाई प्रशिक्षण दिनुभएको थियो ।

दोस्रो दिन पर्सि बिहिवार सुनवलमा हुने कार्यक्रममा नवलपरासीका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश ध्रुब कुमार शाहले प्रशिक्षण दिनुहुने आयोजकले जनाएको छ। महासंघका जिल्ला उपाध्यक्ष मालती न्यौपानेको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन महासंघका जिल्ला सदस्य विकास अधिकारीले गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?