
अर्घाखाँची।नेपाल कम्युनिस्ट पार्टी सितगंगा नगर कमिटीको आयोजनामा पार्टी सदस्यलाइ राजनितिक तथा बैचारीक प्रशिक्षण कार्यक्रम एक कार्यक्रमका बिच अमराईमा सम्पन्न भएको छ।
राजनैतिक तथा बैचारीक कार्यक्रममा सितगंगा नगरपालिका विभिन्न वडाबाट प्रतिनिधीमुलक पार्टी सदस्यहरुलाई आउदै गरेको चुनाव, पार्टीको कार्यनिती र भावी रणनितीको बारेमा प्रशिक्षण गरिएको अर्घाखाँची जिल्ला सेक्रेटरी माहुरीले जानकारी दिएका छन् ।
राजनैतिक तथा बैचारीक कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य,अर्घाखाँची जिल्ला इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथी संगमले पार्टीको बाह्राँै केन्द्रिय समितीको बैठकले देशमा रहेका एम.सि.सि विरोधी, देशभक्त तथा स्वतन्त्र उमेदवारलाई सहयोग गर्ने निर्णय गरेको र यसलाई सम्पुर्ण सदस्यहरुले पार्टीको निर्णय अनुसार नै काम गर्न अनुरोध गरेका छन त्यस्तै अहिले चुनावको उपयोग र सहयोग गरेता पनि पार्टीको खास रणनिती भनेको एकिकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद नै रहेको बताएका छन।
यस्तै जिल्ला सेक्रेटरी माहुरीले अहिले चुनावको उपयोग गर्ने पाटीको निर्णय संगै हामीले यस जिल्लाका केही ठाउँहरुमा हामीले पनि स्वतन्त्र रुपमा चुनावको उपयोग गर्ने र जितेको ठाउँमा वैज्ञानिक समाजवादको मोडेलमा लैजाने जानकारी दिएका छन ।
उक्त कार्यक्रम नारा जुलुस संगै अमराई बजार परिक्रमा गरी नगरपालिकाको हलमा प्रवेश गरे संगै अध्यक्ष्यता धुर्व,संचालन नविन शर्मा,मन्तब्य सफलको स्वागत मन्तब्य,२ सय भन्दा बढी पार्टी सदस्यहरुको उपस्थिती रहेको कार्यक्रममा अर्घा जनसांकृतिक परिवारको नृत्य प्रस्तुति रहेको थियो ।