
बर्दघाट।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बर्दघाट नगर कमिटीको बैठक सम्पन्न भएको छ ।बैठक आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको भन्डाफोर सहित विभिन्न निर्णय सहित सम्पन्न भएको हो।
बैठकले एमसिसी विरुद्ध नगरमा भण्डाफोर अभियान चलाउने,भ्रष्टाचार कमिशन सामाजिक उत्पीडित संघर्ष,स्थानीय निर्वाचन सन्दर्भमा केन्द्रिय कार्यक्रम अनुसार पालन गर्ने निर्णय गरेको बर्दघाट नगर सदस्य प्रज्वलले जानकारी दिए।
बर्दघाट नगर सेक्रेटरी गणेश पाठकको अध्यक्षतामा जिल्ला कार्यलय प्रतापको प्रमुख आथित्यतामा भएको बैठकमा युवा संगठनका जिल्ला संयोजक बिजय,जिल्ला सदस्य गणेश ढकाल, नेकपा नवलपरासी जिल्ला सल्लाहकार संयोजक ओम कार्की लगायतको उपस्थिति रहेको थियो ।