
प्रदिप ज्ञवाली।मुलुक यतिबेला निर्वाचनमय बनेको छ । वडा र पालिकामा जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्न नेताहरुलाइ भ्याइ नभ्याइ छ । अव वडा र पालिकामा कस्ता जनप्रतिनिधि आउलान वा कुन पार्टीले कस्तो ब्यक्तिलाई उम्मेदवार बनाउला भन्ने कुरा यतिबेला चोक देखि चाैतारासम्म चर्चाको विषय बनेको छ ।
यसैबिच अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिकाको वडा नम्बर १ मा वडा अध्यक्षपदका लागि काजी बाबू ज्ञवाली नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट सर्वसम्मत उम्मेदवार चयन भएका छन ।
वडा अध्यक्षका प्रत्यासी ज्ञवाली उक्त क्षेत्रमा पहिले एमालेको क्षेत्रीय कमिटिको उपाध्यक्ष पदमा रहेर काम गरेका थिए । काजी बाबू ज्ञवाली शिक्षण पेसाको जागिरबाट राजीनामा दिएर राजनीतिक फाटमा सक्रिय भएका हुन।
दयालु स्वभावका खानि ज्ञवाली जिल्लामा विभिन्न परिवारका गरिव, दलित विपन्न परिवारलाई सक्दो सहयोग गर्दै आएका छन । जनता माझ दयालु र सरल स्वभावको दृष्टिले परिचित काजीबाबु निरन्तर सक्रिय रहदै आएका छन । नेकपा एमाले भित्र पनि सरल कुशल इमानदार कर्तब्यनिष्ठ नेताको रुपमा उनी परिचित छन्।
“समृद्ध नेपाल सुखी नेपाली” विकासको नारा बोकेर हिँडेका ज्ञवालीले चिदिकामा सुविधा सम्पन्न अस्पताल , गुणस्तरीय शिक्षा, सफा खानेपानी, मोटरबाटोमा योगदान पुराउने अधुरा रहेका काम पुरा गर्ने भन्दै प्रतिबद्धता जनाउदै हिडेका ज्ञवाली वडा अध्यक्षका एक शसक्त प्रत्यासी हुन ।