
अर्घाखाँची ।प्रहरीले अर्घाखाँचीमा अवैध रूपमा भित्रीएका लेयर्स प्रजातिका चल्ला बरामद गरि नष्ट गरेको छ ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न १ स्थित बसपार्कमा तराईबाट ल्याएर लेयर्स प्रजातिका चल्लाहरू नष्ट गरेको हो ।
अवैध रुपमा बिक्रि बितरण गरेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको टोली भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र,अर्घाखाँचीका प्राबिधिक सहितको टोलिले अबैध चल्ला नियन्त्रमा लिई स्थानिय बृद्धिजिविको उपस्थितिमा १४०० चल्लाहरू २७ गतेको भेटेनरी गरेता पनि ७२ घण्टाको म्याद भएता पनि म्याद नागी सकेकोले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी तथा प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिनुभएको छ ।