
सुनवल।पश्चिम नवलपरासीको सुनवल स्थित होटल ओरियनमा नयाँ वर्ष २०७९ सालको अवसरमा म्युजिकल नाईट सेलिव्रेशन हुनेभएको छ।
लुम्विनी प्रदेशकै उत्कृष्ट होटल ओरियनले लामो समय सम्म कोभिडका कारणले घरभित्रै वस्न वाध्य भएका स्थानियहरुलाई मनोरञ्जन दिन साथै कालाकारिता क्षेत्रलाई थप प्रर्वद्धन गर्न र स्थायिन कलाकारहरुलाई समेत उजागार गर्ने उद्देश्यले वैशाख १ गते साझँ म्युजिकल नाईट सेलिव्रेशन कार्यक्रम राखेको होटल संचालक अविनाश पोखरेलले बताउनुभयो।
वुटवल देखि वर्दघाट सम्मको क्षेत्रका दर्शकलाई लक्षित गरि संचालन हुने म्युजिकल नाईट सेलिव्रेशनमा आरटिष्ट कुशल श्रेष्ठ,डिजे अतुल, र्यापर रेक्स साथै बिनिता शाहिको ग्रुपको नृत्य रहेने र स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने प्रोग्राम अर्गनाइजर तथा सहकार्य इभेन्टका मेम्मबर प्रदिप अर्यालले जानकारी दिनुभयो ।म्युजिकल नाईटमा इन्ट्रिको लागी २ सय देखि ५ हजार सम्मको टिकट व्यवस्था गरिएको छ जसमा भिआइपि सेक्टर समेतको व्यवस्था रहेको सहकार्य इभेन्टका मेम्मवर आलोक श्रेष्ठले जानकारी दिनुभयो।
विभिन्न ठाँउमा कार्यक्रमहरु गर्दै र अनुभव वटुल्दै आएको सहकार्य इभेन्टले अन्य ठाँउहरुको तुलनामा होटल ओरियनमा सुरक्षा र व्यवस्थापनका दृष्टिकोणले उत्तम रहेको भन्दै म्युजिकल नाईट संचालन गर्न गइरहेको जनाएको छ ।