ट्रेन्डीङ्ग

समाजसेवी अधिकारीको जन्मदिनमा गुरुकुलमा सहयोग

तोलाकान्त बगाले वालिङ, २९ पुस ।

लायन्स क्लब अफ वालिङका पूर्व अध्यक्ष एवं समाजसेवी सीताराम अधिकारीले आफ्नो जन्मदिनका अवसरमा आज गुरुकुलमा सहयोग गर्नुभएको छ ।

अधिकारीले आफ्नो ६९ औं जन्मदिनका अवसरमा पुतलीबजार १४ लामागेस्थित पाणिनी आश्रमद्वारा सञ्चालित पाणिनी आधुनिक गुरुकुलमा खाद्यान्न तथा भाँडावर्तनहरु सहयोग गर्नुभएको हो ।

पूर्व अध्यक्ष अधिकारीको जन्मदिनको अवसरमा लायन्स क्लब अफ वालिङ सिटी, लियो क्लब अफ वालिङ सिटीको आयोजनामा पूर्व अध्यक्ष अधिकारी एवं लायन्स क्लबका संस्थापक मेल्भिन जोन्सको जन्मदिनमा सहयोग गरिएको हो ।

कार्यक्रममा बोल्दै लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ बी वान नेपालका एओजी चेतनारायण श्रेष्ठले जन्मदिनको अवसर पारेर गुरुकुलमा सहयोग गर्नुभएकोमा धन्यवाद ब्यक्त गर्नुभयो । पवित्र भावनाले पवित्र संस्थामा सहयोग गरेर उदाहरणीय कार्य पूर्व अध्यक्षले गर्नुभएको श्रेष्ठले बताउनुभयो ।

जन्मदिनमा तडक भडक नगरी गुरुकुलको आवश्यकताका आधारमा आँफूले सक्दो सहयोग गरेको पूर्व अध्यक्ष अधिकारीले बताउनुभयो । जन्मदिनका अवसरमा केही न केही सहयोग गर्नुपर्छ भन्ने मनभित्रका चाहनालाई पूरा गर्नका लागि पाणिनी गुरुकुललाई छनोट गरी खाद्यान्न तथा भान्छामा प्रयोग हुने भाँडावर्तनहरु सहयोग गरेको पूर्व अध्यक्ष अधिकारीले बताउनुभयो ।

कार्यक्रममा लायन्स क्लब अफ स्याङजा सिटीका अध्यक्ष ध्रुबबन्धु पौडेल, गुरुकुलका शिक्षक हंसानन्द लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । लियो क्लब अफ वालिङ सिटीका अध्यक्ष दिक्षान्तप्रताप खाँणको स्वागतसँगै शुरु भएको कार्यक्रम लायन्स क्लब अफ वालिङ सिटीका अध्यक्ष कविता भुसालको अध्यक्षता तथा क्लबका द्वितीय उपाध्यक्ष बिजय कोईरालाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?