ट्रेन्डीङ्ग

अर्घाखाँचीमा बस दु’र्घटना १२ जना घाइते

पुष २९ अर्घाखाँची ।अर्घाखाँचीको शितगंगा नगरपालिका १४ सिमलपानीमा बुधबार भएको बस दुर्घटनामा १२ जना घाइते भएका छन्। शितगंगा नगरपालिका १३ को छेडाबाट कपिलबस्तुको बैरियाका लागि छुटेको लु १ ख ७८१४ नम्बरको बस शितगंगा १४ छन्त्याल रुखमा दुर्घटना भएको हो।

ब्रेक फेल भएर भएको दुर्घटनामा चालक सहित १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ। घाइते ९ जनालाई उपचारका लागि कपिलबस्तुको बैरिया अस्पतालमा र ३ जनालाई लुम्विनी प्रादेशिक अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?