ट्रेन्डीङ्ग

माउण्टेन फुडल्याण्ड होटल एण्ड क्याफे,पैंयु कालिका मार्केटिङगमा विविध सांस्कृतिक कार्यक्रम हुदै

रुपन्देही।रुपन्देहिको वुटवल १२ नयाँ गाउँमा रहेको माउण्टेन फुडल्याण्ड होटल एण्ड क्याफे,पैंयु कालिका मार्केटिङगमा विविध सांस्कृति कार्यक्रम हुने भएको छ।

नयाँ वर्ष २०७९ सालको शुभ अवसरमा यहि चैत्र ३० गते मउण्टेन फुडल्याण्ड होटल एण्ड क्याफे,पैंयु कालिका मार्केटिङको समुद्दघाटन तथा विविध सास्कृतिक कार्यक्रम आयोजना गरेको मउण्टेन फुडल्याण्ड होटल एण्ड क्याफे,पैंयु कालिका मार्केटिङका संचालक ओम प्रकास तिवारीले जानकारी दिनुभयो।

ग्राहकहरुको माग र वर्तमान समयलाई मध्यनजर गरेर मउण्टेन फुडल्याण्ड होटल एण्ड क्याफे,पैंयु कालिका मार्केटिङको समुद्द्घाटन तयारीमा जुटेको तिवारीको भनाई छ।

समुदघाटन तथा विविध सास्कृतिक कार्यक्रममा लोकदोहोरी गायक गायीकाहरु,कुशल वेल्वासे,शिलु भट्टराई,राजेन्द्र कंडेल,योगराज पोखरेल,नन्दु परियार र विष्णु श्रीपालीको बेजोड प्रस्तुति रहने विविध सास्कृतिक कार्यक्रमका संयोजक विकास भट्राईले जानकारी दिनुभयो।साझँ ६ बजेदेखि हुने सास्कृतिक कार्यक्रममा नृत्यङ्गनाहरु सानिया चालिसे र अन्सिका मगरको पस्तुती रहने संयोजक भट्टराई बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal